एनआरएनए बोत्स्वानाको अध्यक्षमा डा.बिन्देश्वर प्रसाद यादव


वाशिंगटन डिसी । अफ्रिकी मुलुक बोत्स्वानामा हालै सम्पन्न भएको एनआरएनए बोत्स्वानाको दोश्रो बार्षिक साधारणसभाले डा बिन्देश्वर प्रसाद यादवलार्इ सर्बसम्मतले अध्यक्षमा निर्बाचित गरेको छ ।

सभाले शान्ति भण्डारीलाई महासचिब, दामोदर भण्डारी सचिब, कृष्ण कंडेल कोषाध्यक्ष, तारा पन्त भण्डारी महिला संयोजक, रमेश सारु युवा संयोजक र कृष्ण कुमार कंडेललाई प्रबक्तामा चयन गरेको छ ।

साथै सदस्यहरुमा शेष नारायण ढकाल, तुलसी बिक र लीलाकुमारी भण्डारीलाई निर्बाचित गरेको छ । यसैगरी सभाले बोत्स्वानाबाट अन्तराष्ट्रिय समिति सदस्यमा पदम नाथ भण्डारीलाई पठाउने निर्णय गरेको छ ।