एनअारएन पोल्याण्डको अध्यक्षमा डा. बोधराज सुबेदी निर्वाचित


पोल्याण्ड । गैरआवासीय नेपाली संघ (एनअारएन) पोल्यान्डको अध्यक्षमा डा. बोधराज सुबेदी निर्वाचित भएका छन् । एनअारएन पोल्याण्डको तेस्रो अधिबेशनबाट बरिष्ठ उपाध्यक्ष मित्रलाल पार्दे, उपाध्यक्षमा गोपाल राई तथा महासचिवमा श्रीकृष्ण न्यौपाने निर्वाचित भएका छन् ।

यस्तै नयाँ कार्यकालका लागि सचिब नारायण चालिसे तथा कोषाध्यक्षमा जीवनकुमार केसी निर्वाचित भए । यसैगरी संघको महिला संयोजकमा रिता न्यौपाने र युवा संयोजकमा दिपेन्द्र सिलवाल भने आईसीसी सदस्यमा डा. एलिनी पोख्रेल सुबेदी चुनिएका छन् ।कार्य समिति सदस्यमा बिष्णु सापकोटा, मेघमान जोशी, भीमबहादुर खड्का निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

पोल्यान्डको राजधानी वार्सामा सम्पन्न भएको अधिवेशनमा गैरआवासीय नेपाली संघ युरोप संयोजक अर्जुनकुमार श्रेष्ठको रोहबरमा पोल्याण्डका लागि आईसीसी सदस्य डा. एलिनी पोख्रेल सुबेदी लगायतको उपस्थिति थियो । उत्सब भट्ट , योगेन्द्र बासुकला र कविन्द्र सुबेदी सदस्य रहेको तीन सदस्यीय निर्बाचन आयोगले अधिबेशन सम्बन्धि सम्पूर्ण प्रक्रिया पुरा गरि सम्पन्न गरेको अधिबेशनको प्रथम सत्रको सभापतित्व डा. बोधराज सुबेदीले गरेका थिए ।

अधिबेशन पश्चात नव निर्बाचित पदाधिकारीहरुको बैठकले संयोजक तेजनारायण अर्याल, सचिब नरेश सापकोटा र सदस्य कुमार दाहाल सदस्य रहेको अर्थ समिति तथा बरिष्ठ सल्लाहाकारमा टोपबहादुर गैरे क्षेत्री र सल्लाहकार रामचन्द्र न्यौपानेलाई मनोनित गरेको छ ।