एनआरएनए जर्मनीको अध्यक्षमा नवराज रोस्यारा


जर्मनी । गैरआवासीय नेपाली संघ (एनआरएनए)जर्मनीको अध्यक्षमा नवराज रोस्यारा निर्वाचित भएका छन् । एनआरएनए जर्मनीको म्युनिख शहरमा भएको सम्मेलनले युनिभर्सिटी अफ लाइप्जिगमा कार्यरत रोस्यारालाई एनआरएनए जर्मनीको अध्यक्षमा निर्वाचित गरेको हो ।

शनिबार सम्पन्न सम्मेलनले एनआरएनएको अन्तर्राष्ट्रिय को–अर्डिनेसन कमिटीको सदस्य पदमा सुरेन्द्र प्रधानलाई चयन गरेको छ। यस्तै उपाद्यक्षमा रणबहादुर साउद, प्रेम पोमु र नारायण अधिकारी निर्वाचित भए भने महासचिवमा प्रेम सिंह गुरुङ, सचिवमा कृष्ण देबकोटा निर्वाचित भएका छन् । कोषाध्यक्ष र प्रवक्ता भने पछि चयन गरिने निर्वाचन अधिकृत सन्तोषकुमार भट्टराईले जानकारी दिए ।

महिला प्रतिनिधि इम्प्रेस सिंह, युवा प्रतिनिधि डा. जयकृष्ण ठाकुर, इभेन्ट को–अर्डिनेटरमा बेल गुरुङ चुनिएका छन् । यसैगरी सदस्यमा विजय शाही, केदारप्रसाद गजुरेल, मीलन पन्त, काजी राणा, दिनेश गौतम निर्वाचित भएका छन् । प्रमुख संरक्षकमा आइसीसीका उम्मेदवार रहेका बिनोद अधिकारीलाई चयन गरिएको छ । सम्मेलनको उद्घाटन जर्मनीको लागि नेपालका कार्यबाहक राजदूत प्रकाशमणी पौडेलले गरेका थिए ।

कार्यक्रममा नेकपा एमालेका नेता तथा सभासद शेरधन रार्इ, आइसीसीका महासचिव कुमार पन्त,आईसीसी सल्लाहकार ,दिल गुरुङ, युरोप संयोजक अर्जुन कुमार श्रेष्ठ लगायतले शुभकामना ब्यक्त गरेका थिए । जर्मनी र नेपाली भाषामा सन्चालन गरिएको कार्यक्रममा नेपालमा सहयोग पुर्याउदै आएकी डा. सीबीले केलर लगायत जर्मन नागरिकहरुको उपस्थिति रहेको थियो ।

11064772_1183338718349848_883879989871450705_n