बिपी कप भलिबलमा गल्कोट समाज स्पेनको किर्तिमानी ह्याट्रिक


बिजेता गल्कोट समाज स्पेन

बार्सिलोना /
गल्कोट समाज स्पेनले बिपी कप भलिबल प्रतियोगितामा ह्याट्रिक गरेको छ। लगातार तिन बर्ष सम्म उपाधि जित्दै समाजले किर्तिमानी ह्याट्रिक गरेको हो। नेपाली जनसम्पर्क समिती स्पेनले विश्वेश्वर प्रसाद कोइरालाको १०१ औं जन्मजयन्तीको उपलक्ष्यमा आयोजना गरेको प्रतियोगितामा यस बर्ष पनि गल्कोट समाजले नै उपाधि जित्दै ईतिहास रचेको हो।
फाइनल खेलमा समाजले म्यादी समाज स्पेन लाई हराउँदै उपाधि जित्यो । बिजेता टिमले नगद ४ सय १ युरो ट्रफी ,मेडल र प्रमाण पत्र पाप्त गरेको छ भने उप बिजेता म्यादी समाज  स्पेनले पनि नगद २ सय ५१ युरो ट्रफी ,मेडल र प्रमाण पत्र सहित पुरस्कृत भएको छ।
उत्कृष्ट खेलाडीमा म्यादी समाजका टेक पुन र अनुशासित खेलाडीमा गल्कोट समाजका ईश्वर गुरुङलाई घोषित गर्दै शिल्ड र प्रमाणपत्र सहित सम्मान गरिएको थियो । प्रतियोगितामा ८ बटा समुहहरुले सहभागिता जनाएका थिए भने खेल नकआउट आधारमा खेलाईएको थियो।

IMG_6696पहिलो खेलमा नेपाली जनप्रगतिशील मञ्चलाई हराउँदै गल्कोट समाज दोस्रो चरणमा प्रबेश गरेको थियो। यस्तै एनआरएन स्पेनको समुहलाई प्रबासी नेपाली मञ्चले पराजित गर्दै नकआउट गर्यो। यस्तै आयोजक नेपाली जनसम्पर्क समिति म्यादी समाज स्पेन सँग पराजित भयो। नकआउट चरणकै निकै प्रतिस्पर्धा पूर्ण खेलमा मगर संघ स्पेनले बाग्लुङ कालिका ग्रुप माथि बिजय पाप्त गरेको थियो।अन्तत: सेमिफाईनलमा गल्कोट र म्यादी समाजले,मगर संघ र प्रबासी मञ्चलाई पराजित गर्दै फाईनलको यात्रा तय गरेका थिए।

यता यस बर्ष देखि महिला भलिबललाई समाबेश गर्दै मैत्रीपूर्ण प्रतिष्पर्धा गराईयो। मैत्रीपूर्ण भलिबल खेलमा समुह ‘ए’ सरला सापकोटाको समुहले जमुना सापकोटाको समुह ‘बि’ लाई पराजित गरेको थियो।एनआरएन महिला फोरम स्पेनबाट समुह ‘ए’ र ‘बि’ गरी मिलाएर मैत्री पूर्ण खेल खेलाईएको हो।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा युरो काग्रेसका बरिष्ट उपाध्यक्ष पूर्ण हमाल पोर्चुगलबाट आएका थिए। समितिका अध्यक्ष शालिकराम डुम्रेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा युरो काग्रेस उपाध्यक्ष पुष्प भण्डारी,संस्थापक अध्यक्ष चिन्तामणी सापकोटा,पुर्ब अध्यक्ष एकराज गिरी,एनआरएन आईसीसी सल्लाहकार पुष्प राज तिमिल्सिना,आईसीसी सदस्य दीपक खरेल,आईसीसी सदस्य(पोर्चुगल) सुर्य हमाल,एनआरएन स्पेनका अध्यक्ष मुक्त बहादुर गुरुङ, एनआरएन नेदरल्याण्डका पूर्व अध्यक्ष  हरी पौडेल लगायत स्पेन स्थित संघ सँस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

IMG_6747

IMG_6728

IMG_6753IMG_6744IMG_6732IMG_6761IMG_6757IMG_6766

12000932_1493864634267679_4530871714038312357_o 11958010_1493876324266510_2517795003972839843_o 11942249_1493877457599730_5002630710630509811_o11958010_1493876324266510_2517795003972839843_o