एनआरएन घानाको अध्यक्षमा मिन बहादुर मगर निर्बाचित


आकारा/घानाको राजधानी आकरामा गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद घानाको दोश्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ।
सभाले मिन बहादुर मगरको अधक्ष्यतामा सन् २०१५ -२०१७ का लागि नयाँ कार्य समिति गठन गरेको छ।

कार्य समिति उपाध्यक्षमा पदम राना,महासचिबमा बैकुण्ठ पौडेल,सचिब दान बहादुर तामांग,कोषाध्यक्षमा कपिल खराल चयन भएका छन्। त्यसै गरि महिला संयोजकमा प्रियाम्बदा जोशी,युवा संयोजकमा जगन नाथ पाठक र सदस्यहरुमा कृष्ण ठकुरी , गगन थापा ,रोशन श्रेष्ठ ,होम बहादुर बुढामगर निर्बाचित हुनु भएको छन्।

साधारण सभाले घानाबाट आइसीसी सदस्यमा निबर्तमान अध्यक्ष डाक्टर हरिकृष्ण बाँस्कोटालाई प्रस्तावित गरेको छ। सभाले अफ्रीका क्षेत्रिय संयोजक हिक्मत थापाले आइसीसी कोषाध्यक्ष पदमा दिएको उम्मेदवारीलाई समर्थन गर्दै आबश्यक सहयोग गर्ने निर्णय समेत गरेको छ।

यस्तै गत बर्षको प्रगति बिबरण र आर्थिक विवरणलाई स्विकृती गर्दै नया कार्यकालका लागि योजना र बजेट समेत तर्जुमा गरेको छ।