एनआरएन युकेमा सहमति,अध्यक्षमा मुछेन्द्र गुरुङ


लन्डन । गैरआवासीय नेपाली सँघ यूकेको अध्यक्षमा मुछेत्र गुरुङ निर्विरोध भएका छन् । शनिवार लन्डन भएकाे उम्मेदवारहरुको भेलाले गुरुङलाई अध्यक्षमा सहमति जनाएको  हो।

नयाँ सहमति अनुरुप अन्य उम्मेदवारहरुलाई बिधानमा नयाँ पद सृजना गरि पदस्थापना गरिने भएको छ । यसअघि अध्यक्षमा विश्वदिप तिगेला, योग फगामी, हिराधन राईले उम्मेदवारी दर्ता गरेका थिए । बिधानमा ४ जना उपाध्यक्ष र २ महिला उपाध्यक्ष थप्ने समेत सहमति भएको छ ।

सहमति अनुरुप राष्ट् राई, योग फगामी, हिराधन राई र दासु पाण्डे उपाध्यक्षमा रहने छन् । आइसीसी सदस्यमा १ जना थप गरि पठाउने गरि संगिता मरहठ्टा, कृष्ण तिमिल्सीना , पशुपति भण्डारी , सुष्मा राई र विश्वदीप तिगेला निर्विरोध भए ।

महासचिबमा बिजय लिग्देन र दुई महिला उपाध्यक्षमा कुमारी गुरुङ र शान्ति थापा निर्विरोध भए । थप गरिएका पदमा आगामी अधिवेशनमा नयाँ पद सृजना गरिने बताएको छ । सहमति अनुरुप सचिब फडिन्द्र भट्टराई, कृष्ण तिवारी, बुद्धीराम थापा रहने छ भने प्रबक्ता खुशी लिम्बु चयन भए । कोषाध्यक्षमा दिपक श्रेष्ठ र सहकोषाध्यक्षमा ललित न्यौपाने निर्विरोध भएका छन् ।

यस्तो सहमति पत्र 

sahamati-394x700