एनआरएन महिला फोरम स्पेनको, तिज बिशेष कार्यक्रम सम्पन्न


सन्तोष श्रेष्ठ
बार्सिलोना/
युरोपको बसाईको क्रममा २ इन्चका कपडा लगाएर हिडेका बिदेशी माहिलाहरु सडकमा देख्दा नेपाली संस्कृतिमा हुर्केको मान्छेले लाजले मुन्टो बटार्नु पर्ने बाध्यता हुन्छ झनै परिवारसँग बजार निस्केको बेलामा भने त यस्ता स्थितीहरु असाधारण नै लाग्छ ।
तर यहि परिवेशमा नेपाली नारीहरु लरक्क सारी लर्काउदै नेपाली तीजका भाकामा कम्मर मर्काउदै तीज बिशेष कार्येक्रम सम्पन्न गरेको छन् ।

सारी लगाएर बाहीर हिड्दा घुरेर हेर्ने, सिन्दुर टिका र पोते देख्दा अचम्म मान्ने विदेशीहरुसंगको बसाईको क्रममा समेत आफ्नो सस्कृतिलाइ पटक्कै भुलेनन्। गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेन स्थित महिला फोरमले आयोजना गरेको कार्यक्रममा स्पेन स्थित नेपाली दिदीबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो। 

भुकम्प पिडित बालबालिका तथा महिलाहरुलाई अावश्यक लत्ता कपडाहरु वितरणको लागि कार्यक्रमवाट बचत रकम तथा सहयोग रकम एनआरएनए आइसीसी महिला फोरुम संग हातेमालो गर्दै सहयोग गरिने फोरम संयोजक सीता सिंह महर्जनले जानकारी दिईन्।

तीजका गीत संगीतमा रमाउदै बार्सिलोनाको चर्चित पार्क पार्क दे सिउतातदेयामा सम्पन्न कार्येक्रममा सहभागीहरुलेनेपाली पहिरन तथा नेपाली सस्कृति झल्कने पोशाक, गहनाले सजिएका सहभागिता जनाएका थिए। दर खाने प्रबन्ध समेत मिलाउदै पार्कमा गारिएको सो कार्यक्रम तीजमय  बनेको थियो।

 

11930658_1046810872004711_671441715_n11948030_1046810925338039_1233866337_n11997092_1046810898671375_1468019308_n-211944909_1046810852004713_115639408_n11948030_1046810925338039_1233866337_n