स्पेनमा बिपी कप भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा,


बार्सिलोना/
नेपाली जनसम्पर्क समिती स्पेनले हरेक बर्ष आयोजना गर्दै आएको बिपी कप भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा गरेको छ । समितिले विश्वेश्वर प्रसाद कोइरालाको १०१ औं जन्मजयन्तीको उपलक्ष्यमा आगामी सोमबार हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा गरेको हो।
हरेक बर्ष प्रतियोगितामा पुरुषहरुको मात्र सहभागिता हुँदै आए पनि यस पटक महिलाहरुलाई सहभागिता गराउँने भएँ पछि प्रतियोगितामा थप रौनकता थपिने अपेक्षा गरिएको छ। प्रतियोगितामा भाग लिई तीजको बेलिमा भलिबल पनि खेल्दै रमाउँन, दिदिबहिनिहरुलाई समितिले अनुरोध गरेको छ। यस बर्ष बिजेतालाई ४ सय १ युरो र उपविजेतालाई २ सय ५१ युरो नगदका साथमा ट्रफी र प्रमाणपत्र साथै अनुशासाशीत र उत्कृष्ट खेलाडीलाई पनि ट्रफी र प्रमाणपत्र रहेको आयोजकले जनाएको छ। खुल्ला तर्फको समुह दर्ता शुल्क १ सय युरो राखिएको छ ।

समितिले प्रतियोगिता सम्पन्न गर्नको लागि कार्यसमिति सदस्य राजु थापालाई संयोजकको जिम्मेबारी दिएको जनाएको छ। स्पेनमा रहेका संघ सस्थाहरु बीच आपसी सम्बन्ध र भाईचारा बढाउँन बिपी जयन्तीको अबसरमा समितले हरेक बर्ष भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ। प्रतियोगिताको उपाधि लगातार २ बर्ष सम्म गल्कोट समाज स्पेनले जित्दै आएको छ।

गत बर्ष फाइनलमा बार्सिलोना बेसोस मारको समुहलाई हराउदै समाजले उपाधि रक्षा गरेको थियो। समुह ‘क’ मा प्रबासी नेपाली मञ्च ,नेपाली जन प्रगतिशील मञ्च स्पेन र बार्सिलोना बेसोस मारको समुह रहेका थिए। यस्तै नेपाली जनसम्पर्क समिती ,एनआरएनए स्पेन र गल्कोट समाज समुह ‘ख’ बाट प्रतिस्पर्धा गरेका थिएँ।

स्पेनमा संघ सस्थाहरु थपिने क्रम बढ्दै गएकाले यस बर्ष भने धेरै टिमको सहभागिता रहने अपेक्षा गरिएको छ।

कार्यक्रम बारे थप जानकारीको लागि

मिति-७ सेप्टेम्बर २०१५
समय-११:००(११बजे )देखि -२०००(८ बजे)
स्थान- – Carrer Luis Borràs, 25 -08018 Barcelona Metro 4 Besos mar
सम्पर्क : राजु थापा – ६३२६७३७७८ प्रकाश भट्टराई – ६३१२८७२०४ सन्तोष श्रेष्ठ – ६३२१९२०८० शालिक राम डुम्रे – ६६२१९४६१९,डाईमण्ड सापकोटा ६३१ ०६७ ४६३

आयोजक – नेपाली जनसम्पर्क समिति स्पेन