एनआरएन यूएईको छैटौ अधिबेशन सम्पन्न,अध्यक्षमा सुदीप कार्की निर्वाचित


यूएई । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएर्इको अध्यक्षमा सुदीप कार्की निर्वाचित भएका छन् । संघको उपाध्यक्षमा नेत्र थनेत विजय भए । थनेतले २१० मत ल्याई बिजयी भएका हुन् । उपाध्यक्षका प्रतिद्वन्द्वी रमेश श्रेष्ठले १ सय ६७ मत र अर्का प्रतिष्पर्धी रबिरमण अधिकारीले १४९ मत प्राप्त गरे ।

महासचिवमा दीपक खड्का निर्वाचित भएका छन् । उनले १ सय ४१ मत प्राप्त गरेका थिए । सचिवमा पुष्प कार्कीले १ सय ५० मत तथा भूपति न्यौपानेले १३६ मत प्राप्त गरे । कोषाध्यक्षमा सूर्य बस्नेत निर्विरोध निर्वाचित भए भने युवा प्रतिनिधिमा निश्चल दाहाल र महिला प्रतिनिधिमा कल्पना राई निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
एनआरएन एनसीसी यूएईको कार्य समिति सदस्यमा गाविन्द भण्डारी (१५७ मत), बालकृष्ण अधिकारी (१७० मत), राजु केसी (१६१ मत), बालकृष्ण मरासैनी (१४२ मत), अमर गुरुङ (१९१ मत), ऋषि बस्याल (१६६ मत), राधाकृष्ण पाठक (२०१ म्त) र देबेन्द्र चालिसे (१०२ मत) निर्वाचित भएका छन् । रातभर मतगणना गरी विहान मात्रै परिणाम सार्बजनिक गरिएको हो ।