श्रीकृष्ण जन्माष्टमीमा शोभायात्रा ( फोटोफिचर)


पोखरा/ आज भाद्र कृष्ण अष्टमी, अर्थात् भगवान् श्रीकृष्णको जन्म दिन । कृष्ण जन्माष्टमी पर्व नेपालभर हिन्दु धर्मालम्बीहरूले भगवान् श्री कृष्णको पूजाआराधना गरी मनाउँदैछन् । श्रीकृष्णले आजकै दिन पृथ्वी लोकमा जन्म लिनु भएको हिन्दु धार्मिक शास्त्रहरुमा उल्लेख छ ।

भक्तजनहरु आज विहान सबेरै नुहाई धुवाई गरेर भगवान श्रीकृष्णको पूजाआजा गर्ने गर्दछन् भने राति अबेरसम्म जाग्राम वसी भजन किर्तन गर्ने गरिन्छ । कृष्ण जन्माष्टमीकै अवसरमा ललितपुर, पाटनको कृष्ण मन्दिर लगायत देशभरका राधाकृष्ण मन्दिरहरुमा आज भक्तजनहरुको घुईंचो लागेको छ । कृष्ण जन्माष्टमीका अवसरमा नेपालका विभिन्न ठाउँमा रहेका कृष्ण मन्दिरहरूमा पनि बिहानैदेखि भक्तजनकहरुको घुइचो लागेको छ ।

आजका दिन भक्तजनहरुले श्रीकृष्णको प्रिय वस्तु दही र मयूरको प्वाँख चढाएर पूजा गर्दछन् । दुष्ट राजा कंशको विनासका लागि भगवान कृष्णले द्वापर युगमा पिता वासुदेव र माता देवकीको कोखबाट जन्म लिनु भएको थियो । कृष्ण जन्माष्टमीलाई अन्याय, अत्याचारको अन्त्य र असत्यमाथि सत्यको विजयको दिवसका रुपमा पनि लिइन्छ ।

यो दिन धार्मिक प्रवचन, पूजापाठ तथा कृष्णको रथयात्रा गर्ने र झुला झुलाउने पनि गरिन्छ । हिन्दु धर्मशास्त्रका अनुसार कंशले आफ्नी बहिनी देवकीको आठौँ सन्तानबाट आफ्नो मृत्यु हुने भविष्यवाणी सुनेर बहिनी र ज्वाइँलाई कैदगरी उनीहरूका सन्तान मार्दै गएका थिए । देवकीको आठौँ सन्तानको रुपमा द्वापर युगमा भगवान कृष्णको अवतरण भएको मानिन्छ । अष्टमीको मध्यरातको कृष्णको जन्म मथुराको कारागारमा भएको मानिन्छ ।

त्यसैले अष्टमीको रातको महत्व रहेको पाइन्छ । यस रात्री लाई मोहरात्री पनि भनिन्छ । नेपाल, भारतमालगाएत विश्वका हिन्दु धर्मावलम्वीहरूले पनि यो कृष्णाष्टमी पर्व मनाउने चलन छ।

श्री कृष्ण जन्माष्ठमीको अवसरमा शनिबार पोखराका विभिन्न मठ मन्दिर संघसंस्थाले निकालेको शोभा यात्रा निकालेका छन्।
तस्बिर:-कृष्ण रानाभाट

DSCF2621DSCF2609DSCF2622DSCF2602DSCF2610