आरके शर्माद्वारा एनआरएनए मध्यपूर्व संयोजकमा उम्मेदवारी घोषणा


दोहा । कतारका सफल ब्यबसायी मानिने आरके शर्माले गैरआवासीय नेपाली संघको मध्यपूर्व क्षेत्रीय संयोजक पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
सन् २००४ देखि कतारमा ब्यबसाय गर्दै आइरहेका शर्मा पहिलोपटक गैरआवासीय नेपाली संघको महत्वपूर्ण पदमा उम्मेदवारी दिएका हुन् ।

उम्मेदवारी घोषणा गर्दै उनले आफ्नो कार्यकालका केही एजेण्डासमेत सार्वजनिक गरेका छन् । खाडी क्षेत्रको मुख्य एजेण्डा नेपाली श्रमिकको समस्या समाधान र त्यस क्षेत्रमा नेपाली ब्यबसायको प्रर्बद्धनलाई उनले आफ्नो मुख्य कार्यभारका रुपमा ब्याख्या गरेका छन् ।
‘एनआरएनएको खाडीको लागि हालसम्म आफ्नै कोष छैन् । हामीले आफ्नै कोष बनाउनुपर्ने जरुरी देखेको छु,’ उनले भने , ‘यो भएमा मात्रै पीडितको पक्षमा ठोस काम गरेको ठहर्छ ।’ हाल उनी एनआरएन कतारको सल्लाहकार छन् ।पिजन इन्जिनियरीङ्ग, अल मेमन, आईईसी कन्ट्रक्टिङ, लक्की ज्वेलरिस् लगायतमा उनको लगानी छ ।
उनले कतार, दुबई, अमेरिका हुँदै नेपालमा पनि लगानी गरेका छन् । जसबाट १ हजार ९ सय कामदारले प्रत्यक्ष रोजगारी पाएका छन् ।