एनआरएन युरोप उपसंयोजकमा, बेल्जियमका शिब कुमार बरुवालको उम्मेद्‍वारी घोषणा


वसन्त रानाभाट/ बार्सिलोना

गैर आबासीय नेपाली संघको युरोपियन क्षेत्रीय उप-संयोजक पदका लागि बेल्जियमका शिब कुमार बरुवालले उम्मेद्‍वारी घोषणा गरेका छन्। संघको आगामी अक्टोबर १४ देखि १७ तारिक सम्म काठमाडौमा हुने बिश्व सम्मेलन नजिकिदै गर्दा बरुवालले उम्मेद्‍वारी घोषणा गरेका हुन्।

गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका बर्तमान सदस्य समेत रहेका बरुवालले एनआरएनको अभियानलाई निरन्तरता दिन र अझै बढी जिम्मेबार भएर लाग्नको लागि आँफूले उम्मेद्‍वारी घोषणा गरेको बताए।

बरुवालले नेपालीनेपाली डटकम मार्फत आफ्नो उम्मेद्वारी घोषणा गर्दे भने,” भूकम्प पछि अहिले देश पुन:निर्माणको लागि एनआरएनको काँधमा ठुलो जिम्मेबारी आएको छ। त्यसको एक हिंस्सा बनेर म आँफु पनि लाग्न चाहन्छु। ” युरोपबासी गैर आबासीयहरुलाई देश पुन:निर्माणमा लाग्न प्रेरित गर्ने र एनआरएनको मूल: अभियानमा रहेर साथ दिन आँफुले उम्मेद्वारी घोषणा गरेको बरुवालले बताएँ।

डायस्पोरामा छरीएर रहेका नेपालीहरुलाई संगठित गर्दै एउटै संजाल मार्फत एनआरएनको अभियानलाई आँफुले शुरु देखि नै साथ दिएको बताउँदै यसको लागी पनि उप संयोजकको जिम्मेबारी स्वाभाविक रहेको उनको भनाई रहेको छ।

युरोपमा गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद गठन भएका २७ देशमा अझ संघलाई चुस्त दुरुस्त बनाउँन आँफु प्रतिबद्द भएर लाग्ने बताउदै बरुवालले भने,”अझ यसको संजाललाई फैलाउन जरुरी छ,यसको लागि म प्रतिबद्द भएर लाग्ने छु। ”

को हुन् शिब कुमार बरुवाल ?

म्याग्दी जिल्ला घार गाँउ बिकास समिति बडा नम्बर ७ स्थायी घर भएका बरुवाल सन् २००० देखि बेल्जियममा बसोबास गर्दै आएका छन्।  एनआरएनको अभियानमा स्थापना काल देखी नै लागि पर्दै आएका बरुवाल गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेल्जियमको सचिबालय सदस्य हुँदै महासचिब पदमा रही काम गरेका थिए । उनि गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका बर्तमान सदस्य समेत हुन्।

बेल्जियमको नेपाली समुदायमा चर्चित रहेका बरुवालले अन्य सामाजिक संघ सँस्थामा आबद्द भई काम गर्दै आएका छन्। मोना बेल्जियम हिमालयन सोसाइटीको महासचिब र अध्यक्ष पदमा रही बरुवालले यस अघि काम गरिसकेका छन्।यस्तै उनले बेल्जियम आधा दर्जन जती सामाजिक र बैचारिक संस्थामा बसेर काम गर्दाको अनुभव बटुलेका छन्।

बरुवालले बिशेष गरेर नेपालका सामाग्री र उत्पादनहरु युरोपको बजारमा आयत गरी बिक्री बितरण गर्ने उदेश्यका साथ आँफैले ब्यवसाय संचालन गर्दै आएका छन्। उनले देशमा गएको बिनाशकारी भुकम्प पछि बेल्जियममा भएको राहत संकलन कार्यमा आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरेका थिए।

एनआरएनहरुको बिश्व सम्मेलन नजिकिदै गर्दा बिभिन्न पदहरुमा उम्मेद्वारी घोषणा गर्ने जारी रहेको छ। युरोप उप संयोजक पदका लागि नै यसअघि स्पेनबाट दीपक खरेलले आफ्नो उम्मेद्‍वारी घोषणा गरेका थिएँ।

तपाईको प्रतिक्रिया