गोरखाको दलित बस्तीमा स्कुल बनाउँन स्पेनबाट सहयोग


बार्सिलोना/ देशमा पुन:निर्माणको चर्चा चलिरहेको स्पेनका नेपालीहरुको आँखा गोरखाको दलित बस्तीमा पुगेको छ। बिनाशकारी भूकम्पले क्षतिग्रस्त गोरखाको एक प्राथमिक बिद्यालय पुन:निर्माण कार्यमा स्पेनबासी नेपालीहरु जुटेका हुन्।

एकताको महाधिबेशन गरि स्पेनमा एक जुट बनेको नेपाली जन-प्रगतिशिल मञ्च स्पेनले भूकम्पबाट क्षतिग्रस्त गोरखा सौरपानी गा.बि.स-४ म्यांजीमा करिब ६ लाख रुपैयाँ लागत गर्दै स्कुल बनाउँन लागेको हो।

दलित बस्तीमा रहेको श्री मुल देबी प्राथमिक बिद्यालयको भवन निर्माणका लागि मञ्चका सल्लाहकार गोपाल रेग्मी र सचिब बिशाल ढुंगाना गोरखा पुगेका छन्। रेग्मी र ढुंगानाले स्कुल ब्यबस्थापन समितिलाई सहयोग रकम हस्तान्तरण गर्दै एक कार्यक्रम बिच भवनको शिलान्यास समेत गरेका हुन् ।

शुरुवातको क्षणमा करिब ३ हजार ५ सय युरो नेपाल पुगिसकेको मञ्चका अध्यक्ष गंगाप्रसाद भुसालले जानकारी दिए। मञ्चले सहयोग कार्यमामा सघाउने सहयोग दाताहरुको नामावली र सहयोग रकम छिट्टै सार्बजनिक गर्ने जनाएको छ।

11217509_1061724843852615_2434920358766979807_n11224100_1061724497185983_4182203791159788038_n