लक्ष्मीको तीज गीत ‘परदेशी चेलीको विलौना’ चर्चामा


राजाराम पौडेल/ पोखरा ।

नव प्रतिभा लक्ष्मी पौडेल अधिकारीको तीजको गीत ‘परदेशी चेलीको विलौनाको’ चर्चा बढ्दै गएको छ । आचार्य डिजिटल पोखराले बजारमा ल्याएको यस गीतको शब्द कृष्णराज अधिकारीले सिर्जना गरेका हुन् ।

लक्ष्मीको आवाजमा सजिएको यो गीत दर्शक श्रोताको रोजाइमा पर्न थालेकोमा उनी मख्ख छन् । पछिल्लो क्रममा यस्मा महिलाहरु विदेशिनेक्रम बढिरहेको सन्र्दभ गीत मार्फत पस्कन उनले खोजेकी छन् ।

आफ्नो अवोध बच्चालाई छोडेर विदेशिनु परेका बाध्यता र विदेशमा रहदाँ बच्चाको यादमा तड्पीनु परेको पिडालाई गीत मार्फत उनले बाहिर ल्याएकी छन् । केहि समयको मेहनत पछि गीत रेर्कड भएपनि दर्शक श्रोताको माया पाउने हो हैन उनमा डर थियो । तर गीत रिलिज भएको केहि दिनमानै आएका सकारात्मक प्रतिक्रियाले उनमा केही उर्जा थपिएको छ ।

‘तीजका गीतमा विकृती विसंगती देखिन थालेकोे भन्ने गुनासो आउँछ, तर यो गीतले वास्तवीकता झल्काउनेछ’ लक्ष्मीले भनीन् । पोखरामा छायाकंन गरिएको गीतको भिडियो पनि उत्कृष्ट बनेको दावी उनको छ ।