भाटखोलामा स्वास्थ्य चौकी बन्ने भए पछि गाउँलेमा खुशीयाली


कृष्ण रानाभाट/ पोखरा

सामान्य चोट लाग्दा होस् वा विरामी पर्दा होस् विरामीलाई स्याङ्जा कि पोखरा लैजानु पर्ने वाध्यता थियो। वाटोमा विरामी लैजादाँ केहि हुन्छ कि भनेर आफन्तलाई निकै सकस हुने गर्दथ्यो। पोखरादेखि जम्मा ३५ किलो मिटर टाढा भएता पनि गाउँको कच्चि बाटो र भनेको वेलामा गाडि नपाउने समस्याले विरामीको समयमै उपचार हुन पाएको थिएन।

अब भने सो स्थानमा स्वाथ्य चौकी बनेपछि भाटखोला, सेतीदोभान, आरुखर्क, वाँगेंफड्के लगाएतका वासिन्दालाई सुबिधा पुग्ने भएपछि गाउँमा खुशियाली छाएको छ । भवन निर्माणको लागि पाँच रोपनी जग्गा स्वास्थ्य चौकीलाई प्राप्त भईसकेको र वोलकवोल प्रक्रियाबाट रसुवा कन्स्ट्रक्सन प्रा.लिले २ करोड ४७ लाखमा २० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का पाएको छ।

स्वास्थ्य चौकी भवन वनाउनको विभिन्न संघसंस्थाहरुलेस्वतःस्फुर्त रुपमा तिन लाखभन्दा बढि आर्थिक सहयोग गरिसकेका र सहयोग रकम आउने क्रम जारी रहेको निर्माण समितिका सचिव रेशमलाल रानाभाटले वताए। स्वास्थ्य चौकीको सिलान्यास गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारी गाउँ मै पुगेका थिए । कुनै बहाल वाला मन्त्री स्तरिय व्यक्ति उक्त गाउँमा पुगेको सम्भवत पहिलो भएको गाउँलेहरु वताउँछन्।

स्वास्थ चौकी निर्माणको लागी चेतबहादुर रानाभाट, घनश्याम शर्मा, रविन्द्र रानाभाट, तिलकुमारी रानाभाट, टेकबहादुर सुनाम, मुवादेवी रानाभाट, टिकाराम नेपाली, हरीकला नेपाली, खड्गबहादुर रानाभाट र गणेश सुनामलगायतले जग्गा दान गरेका छन् ।

unnamed-30unnamed-28unnamed-29