भारतको प्रतिष्ठित अर्जुन पुरस्कार पाएँ ‘पेस्तोल किङ’ जितु राईले


काठमान्डौ। भारतको गोर्खा राइफल्समा कार्यरत एक नेपाली मूलका शुटिङ खेलाडी जितु राईले अर्जुन अवार्ड पाएका छन्। भारत सरकारले बिभिन्न विधाका उत्कृष्ट विधामा प्रदान गरिने सो पुरस्कार शुटिङ तर्फबाट राईले पाप्त गरेका हुन्।

भारतका राष्ट्रपति प्रणव मुखर्जीले राईलाई अर्जुनको कास्य पतिमा,सम्मानपत्र सहित पाँच लाख रुपैयाँ प्रदान गर्दै सम्मान गरेका छन्। खेल क्षेत्रमा उत्कृष्ट खेलाडीहरुलाई हरेक बर्ष प्रदान गरिने सो पुरस्कार सन् १९६१ देखी शुरुवात गरिएको हो। भारतीय क्रिक्रेटका हस्ती सचिन तेन्दुकर लगायत केहि सिमित नाम चलेका खेलाडीहरुले मात्र यो पुरस्कार पाउँन सकेका छन्।

संखुवासभामा जन्मिएर ९ वर्षअघि भारतीय सेनामा भर्ती भएका जितु राईले शुटिङ खेलमा विश्वकीर्तिमान कायम गरेपछि उनलाई ‘पेस्तोल किङ’ को उपाधि दिइएको छ । राष्ट्रमण्डलीय खेलमा भारतका लागि शुटिङमा स्वर्णपदक जितेसँगै उनको चर्चा अझै चुलिएको हो । भारतीय मिडियाहरुले उनलाई ‘पेस्तोल किंग’का रुपमा खुबै प्रसंसा गरिरहेका छन् । कमनवेल्थ खेलअन्तरगत ५० मिटर पेस्तोल इभेन्टमा राईले विश्वकीर्तिमानसहित स्वर्णपदक जितेका थिए।

Jitu-Rai-स्कटल्याण्डमा सम्पन्न राष्ट्रमण्डल खेलका क्रममा उनले ५० मिटर पेस्तोल इभेन्टको छनोट चरणमा ५६२ अंक तथा फाइनलमा १९४.१ अंकको कीर्तिमान कायम गरेका थिए । अन्तराष्ट्रिय सुटिङ खेल महासंघ विश्वकपमा एक रजत पदक जितेका थिए भने त्योलगत्तै स्लोभानियामा भएको शुटिङको विश्व प्रतिस्पर्धामा एक स्वर्ण र एक रजत पदक जितेर तहल्का मच्चाएका थिए ।

२८  वर्षीय जितु राई सन् २००६ मा भारतीय सेनामा भर्ति भएको टाइम्स अफ इण्डियाले जनाएको छ । उनी पछिल्लो ८ वर्षदेखि भारतको लखनउमा बस्दै आएका छन् । टाइम्स अफ इण्डियाले ११ औँ गोर्खा रेजिमेन्टका जितु राई नयाँ तरंगको रुपमा उदाएको भन्दै उनी एउटै विश्व प्रतिस्पर्धामा दुई पदक जित्ने पहिलो भारतका खेलाडी हुन् । साथै उनी ९ दिनमा ३ पटक जित्ने पहिलो खेलाडि भएको भारतीयहरुले बताएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमा भाषण गर्दा पनि जितुलाई संकेत गर्दै भनेका थिए, भारतको जीतमा गोर्खालीहरुको भूमिका छ ।