कोमल ओलीले तीजमा नाच्न डेनमार्क आउंदै


कोपनहेगन । यो वर्षको तीजमा डेनमार्कमा रहेका चेलीबेटीहरुलाई नचाउन गायिका कोमल ओली डेनमार्क आउने भएकी छन् । एन आर एन डेनमार्क र क्रिएटिभ नेपलीज वुमन डेनमार्कको संयुक्त आयोजनामा डेनमार्कमा तीज विषेस कार्यक्रमको आयोजना हुँदै छ र सोहि कार्यक्रममा गायिका ओली आउन लागेकी हुन् ।

डेनमार्कमा रहेका नेपाली चेलीहरुलाई दहर खुवाउने कार्यक्रम पनि रहेको सो कार्यक्रममा ओलीसंगै डेनमार्कमा रहेका चेलीहरु पनि नाच्ने छन् । यहि सेप्टेम्बर ६ आइतबारको दिन कोपनहेगन नजिकै रहेको भेनलुसको हलमा सो कार्यक्रम गरिने एन आर एन डेनमार्कका अध्यक्ष दिपेन्द्र चुडालले बताए । सबै नेपाली दिदि बहिनिहरुलाई सो कार्यक्रममा निम्तो गरिएको पनि उनले बताए ।

Screen Shot 2015-09-03 at 10.55.51

क्रिएटिभ नेपलीज वुमन डेनमार्ककी अध्यक्ष अन्जु पराजुलीले बताए अनुसार विगतका वर्षहरुमा जस्तै यो वर्षको तीजमा पनि एन आर एन संग मिलेर कार्यक्रम गर्न लागिएकोले कार्यक्रम पूर्ण सफल हुने र दिदि बहिनिहरुले तीजको दहर संगै नाचगान गरी रमाइलो गर्ने छन्  ।

संयुक्त कार्यक्रम भए पनि भर्खरै निर्वाचित नयाँ एन आर एनको समितिको पहिलो कार्यक्रम हुने भएकोले यसलाई महत्वका साथ् हेरिएको छ । कार्यक्रम निम्न मिति र स्थानमा हुने जानकारी आयोजकहरुले दिएका छन् ।
मिति: ६ सेप्टेम्बर
समय : १५: ०० बजेदेखि

स्थान: Kulturstationen Vanløse. Frode Jakobsens Plads 4, 1.
Vanløse, København