तीजको लहर आयो बरीलै, बेल्जियममा पनि तीजको चहलपहल


बेल्जियम/ बेल्जियममा रहेका नेपालीहरुको पुरानो साझा सस्थाको रुपमा रहेको ईन्द्रधनुष क्लवले बिगतका बर्षहरु जस्तै यस बर्ष पनि तिज कार्यक्रम गर्ने भएको छ। आगामी १२ सेप्टेम्वर शनिबारका दिन लुभेनको केशेलो शहरमा नेपाली नारीहरुको महान पर्व तीजको उपलक्ष्यमा कार्यक्रम गर्ने भएको हो।

स्थापना काल देखिनै बेल्जियममा रहेका नेपाली दिदीबहिनीहरुलाई तीज कार्यक्रम गरेर माईतिघरको सम्झना दिलाउदै आएको सस्थाले उक्त दिन सम्पूर्ण दिदि बहिनीहरुलाई दर ख्वाई बिभिन्न कार्यक्रम मार्फत मनोरन्जन दिलाउने गरेको छ । यस बर्ष पनि सम्पूर्ण बेल्जियमबासी नेपाली दिदीबहिनीहरुलाई तीज कार्यक्रमा निमन्त्रणा गरेको क्लबले जनाएको छ।

कार्यक्रममा बिगतका बर्षहरु जस्तै बिभिन्न सास्कृतिक कार्यक्रम लगाएत रंगीबिरंगी पोशाक हरुमा सजिएर उपस्थित हुन सम्पूर्ण महिला दिदीबहिनीहरुलाई अनुरोध गरेको छ।  बिभिन्न तीजका गीतहरुमा नाचगान गर्ने कार्यक्रम समेत राखिएको कार्यक्रम सम्पन्न गर्न सस्थाकी उपाध्यक्ष यसोदा थापालाई संयोजकको जिम्मेबारी दीइएको छ।

यस्तै कार्यक्रमका उपसंयोजकहरुमा शान्ति भट्टराई, कबिता थपलिया, जानु नेपाल रहेका छन् ।बिगत बर्षहरुमा जस्तै तीज कार्यक्रममा नेपाली चेलीहरुलाई दर ख्वाउदै आएको सहयोगी संस्था क्षेत्री समाज बेल्जियम र सांग्रिला समाज बेल्जियमले सयुक्त रुपमा यस बर्ष दर ख्वाउने कार्यक्रम रहेको साथै अन्य सहयोगी महानुभावहरुको बिशेष सहयोग समेत रहेने बताइएको छ ।