जुलाईमा मात्र यूरोप प्रवेश गर्ने आप्रबासीहरुको संख्या एक लाख बढी


बिबिसी/ जुलाई महिनामा मात्र यूरोप प्रवेश गर्ने आप्रबासीहरुको संख्या एक लाख सात हजार नाघेको छ। यस वर्ष पोहोरभन्दा चार गुणा बढी अर्थात आठ लाख आप्रबासीलाई स्वीकार्ने जर्मनीको भनाई रहेको बिबिसीले जनाएको छ। लेजबस टापुबाट ग्रीसमा ४ हजार आप्रबासी मंगलबार मात्र आइपुगेका छन्।

दोस्रो विश्वयुद्ध यता सबभन्दा धेरै संख्यामा आप्रबासी युरोप आए पछि इयू समस्यामा जुधिरहेको छ। आप्रबासीहरुको यूरोप यात्रा कत्तिको जोखिमपूर्ण हुन्छ भन्ने त गत साता अष्ट्रियाबाट बुडापेष्टको यात्राका दौरान मरेका ७१ जनाको शब एक लरीभित्र फेला पर्नुले पनि देखाएको छ।

यो संकटलाई सम्बोधन गर्न इयुका आन्तरिक मामिला तथा न्याय मन्त्रीहरु ब्रसेल्समा १४ सेप्टेम्बरमा भेट्दैछन्।