एनआरएन फ्रान्सको अध्यक्षमा भक्त बाग्ले निर्बाचित


पेरिस/ गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सको छैटौं महाधिवेशनबाट भक्त वाग्ले अध्यक्षतामा निर्बाचित भएका छन्। संघको पेरिसमा सम्पन्न अधिबेशनबाट वाग्ले निर्बाचित भएका हुन्।

यस्तै अधिबेशनले अन्तराष्ट्रिय समन्वय परिषद सदस्यमा मिनबहादुर जी.सीलाई प्रस्तावित गरेको छ। निर्वाचित समितिको उपाध्यक्षमा सुवर्ण बिक्रम हमाल र एकबहादुर मल्ल, महासचिवमा नरेन्द्र शाही ठकुरी, सचिवमा शिव पराजुली कृष्ण, कोषाध्यक्षमा मिनकुमार श्रेष्ठ र सह-कोषाध्यक्षमा अनुज न्यौपाने रहेका छन् ।
त्यसैगरी माहाधिबेसनवाट युवा प्रतिनिधिमा प्रविन सापकोटा, महिला प्रतिनिधिमा गिता खनाल थापाको साथै सदस्यमा शैलेन्द्र महर्जन र चेतभक्त ढुंगाना निर्वाचित भएका छन् ।