एनआरएन अध्यक्षका प्रत्यासी रतन कुमार झा बेलायतमा


लन्डन । अगामी अक्टोवरमा हुने गैर आबासीय नेपाली संघको ७ औ महाधिबेशनमा अध्यक्षको उम्मेद्वारी घोषणा गरेका रतन कुमार झा बेलायत पुगेका छन्।गैर आबसीयहरुसँग छलफल गर्न युरोपका बिभिन्न देशहरु घुमिरहेका झा बेलायतमा पुगेका हुन्।

सँघका सल्लाहाकार तथा पूर्व महासचिब झाले अध्यक्षमा उम्मेद्वारी घोषणा गरिसके पछि छलफललाई तिब्रता दिएका छन्।

बेलायत पुगेका झालाई गैरआवासीय नेपाली सँघ यूकेले स्वागत गरेको छ । एनआरएन यूकेका अध्यक्ष महेन्दं कँडेलले खादा लगाएर सम्मान गरे । कार्यक्रममा उपाध्यक्ष सूर्य नेग्वागँले स्वागत मन्तब्य राखेका थिए।
झाको स्वागतमा सोमबार आयोजित एक कार्यक्रममा एनआरएन यूकेका सँरक्षकहरु कुल आचार्य, डमर घले, सूर्य गुरुगँ, गैरआवासीय नेपाली सँघका सल्लाहाकार विश्वआर्दश पण्डित लगायतले बोलेका छन्।