बेलायतमा हुने नेपाली मेलाको सम्पूर्ण तयारी पुरा


– रंजित बस्नेत
लण्डन/ बेलायतमा दशौ हजार नेपालीहरुले सहभागिता जनाउँदै आएको नेपाली मेला २०१५ को सम्पूर्ण तयारी पुरा भएको छ। आयोजक तमुधी यूकेले पत्रकार सम्मेलनको आयोजना गरि सम्पूर्ण तयारी पुरा भएको जनाएको छ।

सन् २००९ देखि रिचमन्ड पार्कबाट शुरु भएको मेला यस पटक गरि सातौ पटक आयोजना गरिएको हो।  बेलायतमा नेपालीहरुको बसोबास बढ्दै गए पछि नेपाली भाषा भेषभूषा, कला, संस्कृतिको प्रवद्दन र प्रचार गर्न तमुधी यूकेको अगुवाईमा बर्षेनी मेला हुँदै आएको छ। सन् २०१० देखि बेलायत स्थित नेपाली दूताबासले पनि मेलामा आफ्नो सहभागिता जनाउँदै आएको छ।

अगष्ट ३० तारिक हुने मेलामा दसौ हजार बेलायतबासी नेपालीहरु आफ्नो पहिचान सहितको भेषभूषामा झाकीहरुहरु मेलामा प्रदशन गर्ने भएका छन्।  नेपाल-ब्रिटेनको २ सय बर्ष लामो सम्बन्धको बिशेष अबसरमा यसपटक नेपाली मेला बिशेष हुने मेलाका संयोजक नन्दजग गुरुङले जानकारी दिए। यसै अवसरमा गोर्खा म्युजियमले आफ्नो स्टल राख्दै,नेपाल-ब्रिटेनको सम्बन्ध बारे बिशेष भिडियो प्रस्तुत गर्ने आयोजकले जनाएको छ।

नेपाली मेलालाई अरु देश माँझ पनि परिचित गराउन आफुले चिनेको एक-एक विदेश साथी ल्याउँन सके अझ फलदायी हुने तमुधी युकेका पुर्व अध्यक्ष सुवास गुरुङ बताउँछन्। उनकै कार्येकाल देखि नै नेपाली मेलाको शुरुवात भएको हो।11938239_1120997324595575_1611619954_n

यस बर्षदेखि युवाहरुको लागि मेलामा बिशेष दुई घण्टा छुट्टाईएको छ। “संगितको सॉंझ ब्याक इन नेपाली मेला” भन्दै युवाहरुले नेपाली गित संगीत प्रस्तुत गर्ने युथ टिम कोर्डीनेटर निशा गुरुङले जानकारी दिईन।

बेलायतबाट बिभिन्न संघ सस्थाहरु गरि करीब ४० वटा टिमले झाकी प्रस्तुती गर्ने भएका छन्। मेलामा नेपाली दूताबासबाट प्रायोजन गरिएको एमबेस्डोर कप यस बर्ष पनि रहने भएको छ। बिगत तीन बर्ष देखी पुन समाज यूकेले उपाधि हात पार्दै आएको छ।

मेलामा अन्तराष्ट्रिय मिडियाहरुलाई पनि समाबेश गर्न सके अझ नेपाल बारे सकारात्मक प्रचार हुने पत्रकार सम्मेलनमा सहभागीहरुले सुझाव दिएका थिए।

नेपाल पत्रकार महासंघ-यूके शाखाका अध्यक्ष चिरन शर्मा, गोर्खा च्यानलका प्रोडोक्सन म्यानेजर राजेन्द्र भट्ट, रेडियो राइनोका रंजित बस्नेत, एभरेष्ट टाईम्सका हरिमान गुरुङ, बिबिएन वोर्ल्ड टेलिभिजनका विशन गुरुङ, फोटो पत्रकार क्यनोन(शंकर) गुरुङ लगायतको पत्रकार सम्मेलनमा उपस्थिती रहेको थियो।

तस्बिर -क्यनोन(शंकर) गुरुङ 11121987_1120997307928910_1475989488_n