नेपाली जनप्रगतिशील मंच डेनमार्कको हार्दिक अपिल


आदरणिय डेनमार्कबासी दाजुभाइ दिदिबहिनीहरु,

विश्वाब्यापीरुपमा चिनिएको प्रबासमा बस्ने नेपालीहरुलाइ गोलबन्द गरेर एउटै छाता मुनि ल्याउने मूल मन्त्र बोकेको साझा सस्था गैरआवाशीय नेपाली सँघ डेन्मार्क अधिवेशनको संघारमा छ । आगामी कार्यकालको लागि उम्मेद्बारी दर्ता र फिर्ता गर्ने प्रकृया सम्पन्न भईसकेको छ। सदस्यता बितरण देखी निर्वाचन प्रकृयासँग जोडीएका गतिबिधिमा हाम्रा असहमतिहरु सस्थागत रुपमा सम्पुर्ण डेनमार्कबाशी दाजुभाइ दिदीबहिनीहरुबिच सार्वजनिक गर्न आवस्यक ठानेका छौ।

हामीले सुरुदेखी नै एनआरएनलाई सबै नेपालीले अपनत्व महशुश गर्न सक्ने, समुदायमा बिबिध तह र तप्कामा क्रियाशील विभिन्न व्यक्ति र व्यक्तित्वहरु , कलाकारहरु, प्राविधिकहरु विभिन्न विधामा सफल ,सज्जन महिला सज्जन बृन्द र राष्ट्र-राजनीतिक र बैचारिक हिसाबले आस्थावान ब्यक्तिहरु पनि जो सामाजिक कार्यकर्ता भएर सचेत भूमिका निर्वाह गर्न समय र अन्य हिसाबले पनि तत्पर/सक्षम छन, उनीहरु पनि अट्न सक्ने एउटा चुस्त र दुरुस्त कार्य समिती बनाउन सके वास्तबमै यो सस्था प्रती सबैले गौरबको अनुभुती गर्छन् भन्ने तथ्यलाई यहा जानकारी गराउन चाहन्छौ । एन आर एन मा बसेर पार्टिको राजनीति गर्नु हुदैन भन्ने कुरामा हाम्रो प्रतिबद्धता पुन पेस गर्न चाहन्छौ ।

त्यस्तै एन आर एनको केन्द्रिय बिधानका अलवा स्थानिय स्तरमा प्रबासी नेपालीहरुका समस्या समाधान गर्न, यहाँको स्थानिय सरकारसँग राम्रो र कुसल सम्बन्ध स्थापित गर्न सक्यो भने मात्र नेपालीको हितमा अधिक्तम कार्य गर्न सकिन्छ। यो उद्देश्य प्राप्तिको लागि त्यतिकै कुसल ब्यक्तित्वहरु नेत्रित्वमा आउन आबस्यक छ भन्ने कुरालाई पनि स्थापित गर्न चाह्यौ। समाबेशी र सक्षमा नेत्रित्व निर्माणको लागी हामीले बिभिन्न ब्यक्ती, सामाजिक-राजनीतिक प्रकृतिका संघ-सस्थाहरुसँग पनि बिभिन्न चराणमा कुराकानी गर्यौ। सुरुका दिनमा माथि उल्लेखेत सैद्धान्तिक पक्षहरुमा सबैको सकारात्मक धारणा रहेको हामीले अनुभुती गरेका थियौ।

अधिबेशन नजिकिदै गर्दा कुनै एक राजनीतिक दलसँग सम्बन्धित सस्थाले प्रतक्ष वा अप्रतक्ष ढंगले अस्वाभाविक हर्कत देखायो। एनआर एनको सदस्यता बितरण र नबिकरण गर्ने प्रकृयामा हजारौ पैसाको खोलो बगाएर सदस्यता खरिद गर्ने उहाहरुको चूनाबी यात्रा अन्त्यमा गएर बिभिन्न चरणमा भएका छलफलको मर्मको बिपरित यो सस्थालाई एउटा पार्टिको एकछत्र भात्री संगठन जस्तो गरेर कसैको पनि अस्तित्व स्विकार नगरी ज्यादै अनुदार तरिकाले प्रस्तुत भयो जुन कुरा यहा बस्ने सबैलाई जानकारी छ । त्यसको फलस्वरुप उसले एउटा अनुदार प्रकृतिको प्यानल खडा गरेर सहमति- सहकार्य र सह अस्तित्वको भाबनालाई अस्विकार गर्दै राजनीतिक भात्रीसंगठनलाई एनआरएनको खोल ओडाउने घातक प्रयास भयो । यसबाट के बुझियो भने अमुक पार्टिको लाहाछाप लागेको जस्तो सुकै कुरुप भए पनि उसको उम्मेदवारी टस मस नहुने र त्यस बाहेकका अन्य सबै खोटो सिक्का बन्ने जस्तो बिडम्बना पुर्ण परिस्थिति श्रीजना हुन पुग्यो ।अमुक पार्टीका भनेर किटान गरिएका बाहेक अन्य सबैले आफ्नो असन्तुस्टी सहित उम्मेद्बारी फिर्ता गरिसकेपछी अन्तत आगामी नेत्रित्वकोलागी नेपाली जनसंपर्क समितिका ब्यक्ती र त्यसकै बागी उम्मेद्वारबिचमा निवाचन हुने अबस्था छ। यसरी हेर्दा सामाजिक रुपमा अत्यन्तै लज्जित हुने र संकुचित घेराबिच गर्न लागिएको आगामी चुनाव सम्पन्न गर्न निर्वाचन समितिमा बसेका केहिले समेत नाटकिय चुनाब सम्पन्न गर्न अनिक्ष्या देखाई अगस्ट १९ कै दिन रजिनामा दिदै बहिरिनुपरेको तथ्य स्पस्ट पार्न चाहन्छौ।

त्यस्तै अर्को महत्वपूर्ण कुरा हामी के स्पस्ट पार्न चाहन्छौ भने आवरणमा बिधी र प्रकृयाको हिसाबले ठिकै हो कि जस्तो देखिने आगामी चुबाबी माहोल र त्यसको पारीणाम माथि हाम्रो गम्भिर प्रश्न र असहमती छ। प्राबिधिक र यान्त्रिक ढंग बाट हेर्दा ठिक जस्तो देखिने चुनावी प्रक्रिया समाजको मूल्य मान्यता र प्रमुख रुपमा आम सदस्यको मनो भावनामा गम्भीर चोट पुर्याउने प्रकृतिको रहेको कुरा छर्लङ्ग भएको छ । २४ अगस्ट पछी बन्न लागेको एन.आर.एनले के सम्पूर्ण नेपालीको प्रतिनिधित्व गर्छ ? के यस्तो कमिटी एन.आर.एनको उद्देश्य संग मेल खान्छ ? २१औ सताब्दिमा डेन्मार्क जस्तो देशमा बसेर पनि समानताको आधारमा सहभागिता मुलक, समानुपातिक प्रतिनिधित्वको मान्यता लाई तिलान्जली दिदै बहुलठ्ठिपन प्रदर्सन गरियको छ । तसर्थ बन्दै गरेको एन.अर.एन.कमिटी व्याबहारिक रुपमा एकपक्षिय र स्वेछाचारी हुने स्वत: स्तस्ट छ र यसको सामाजिक र नैतीक बैधानिकता माथी हाम्रो गम्भिर् प्रश्न चिन्ह रहेको छ र रहने छ। जे एस् एस् र जे एस् एस् बागी बिचको आपसी लडाईंले आगामी २ बर्षको लागि एनआरएनको कार्यकाल पङु हुने निस्चित भएकोले निर्वाचनको कुनै पनि प्रकृयामा हामि सहभागी छैनौ, यस्तो हेपाहा र सर्वसत्ताबादी हठको बिरुद्द सचेत र बिबेकपूर्ण पहल कदमी लिन सम्पूर्ण सचेत, बौधिक जनसमुदायसँग हार्दिक अपिल गर्न चाहन्छौ। र अन्त्यमा हामि यो नाटकिय चुनाबी प्रक्रिया बाट अलग भएको कुरा दुख साथ् अबगत गराउन चाहन्छौ, साथै नेपालि समुदायका हरेक दुख सुख र समस्या प्रति हाम्रो सहयोग सहकार्य यथावत रहने जानकारी गराउछौ ।

२३ अगस्ट २०१५
भवदीय
गणेश ढकाल
अध्यक्ष
नेपाली जनप्रगतिशिलमन्च डेनमार्क