नेवारी समाज स्पेनले म्ह पुजा तथा साँस्कृतिक कार्यक्रम गर्ने


बार्सिलोना/ नेपाल सम्बत् ११३६ को अवसरमा नेवारी समाज (पासा पुच) स्पेनको आयोजनामा म्ह पुजा हुने भएको छ । बार्सिलोनामा हुन लागेको पुजामा नेवार लगायत नेपाली समुदायको उपस्थिती रहने जनाईएको छ ।

पुजाको मिति केहि दिन भित्र सार्बजनिक गर्ने जनाउँदै समाजले यसपटक साँस्कृतिक कार्यक्रम पनि आयोजना गर्ने जनाएको छ। पुजा सम्पन्न गर्नको लागि समाजले निलु अवाले श्रेष्ठको संयोजकत्वमा समिति बनाएको छ। समितिको सदस्यहरुमा अनिता श्रेष्ठ र सिता सिंह महर्जन रहेका छन्। गत बर्ष समाजले अक्टोबर २४ तारिख पहिलो पटक बार्सिलोनामा म्ह पुजा सम्पन्न गरेको थियो।

म्ह पुजा अर्थात् आफ्नो शरीरलाइ आफैले पुजा गर्ने प्रथा नेवारी समुदायमा ठुलो पर्वको रुपमा मनाउने चलन छ। नेवारी समुदायमा परिवारका प्रत्येक सदस्यले नुहाई ,नंया बस्त्र लगाई मण्डलको अगाडी लहरै बसेर फुल ,अक्षताले आफैले आफैलाइ गर्दा(म्ह पुजा ) गर्दा सु-स्वास्थ्य राम्रो हुने बिश्वास गरिन्छ l आत्मा सन्तुष्ट भए देवता खुशी हुन्छन् र सबै काम फलिफाप हुन्छ भन्ने विश्वासका साथ यो पूजा गरिँदै आइएको छ ।

समाजको अधिबेशन गर्ने योजना

नेवारी समाज ( पासापुच) स्पेनले बिशेष समितिलाई अझ सक्रिय बनाउँनको लागि अधिबेशन गर्ने भएको छ। आगामी दिनमा समाजलाई सक्रिय बनाउँन एबम केन्द्र सँग सम्पर्क गरि अगाडी बढ्नको लागि अधिबेशन गर्न लागेको हो।
समाजले अधिबेशन सम्पन्न गर्नको लागि बिशेष समिति सदस्य सन्तोष श्रेष्ठलाई संयोजक तोकेको छ। यस्तै समितिको उपसंयोजकमा निलु अवाले श्रेष्ठ र केशरी नेम्कुल श्रेष्ठ रहेका छन्। सदस्य सचिब सुन्दर टवाटी,आर्थिक ब्यबस्थापनमा सिता सिंह महर्जन रहेका छन्।

यस्तै अधिबेशन तयारी समितिका सदस्यहरुमा कृष्ण कुमार श्रेष्ठ,मान कृष्ण शाही,सन्देश महर्जन , अनिता श्रेष्ठ ,रबी श्रेष्ठ,राजु शाक्य ,बिष्णु भक्त महर्जन, बिनय श्रेष्ठ,लक्ष्मण शाही,मुक्ति प्रसाद श्रेष्ठ,देबेन्द्र श्रेष्ठ र महन्त महर्जन रहेका छन्। समाजले अधिबेशन गर्ने निर्णय गरे पनि मिति तय भने गरेको छैन । केहि दिन अगाडी बार्सिलोनामा सम्पन्न समाजको बारबिक्यु कार्यक्रम पनि सम्पन्न भएको थियो। सोहि दिन समाजले म्ह पुजा र अधिबेशन बारे निर्णय गरेको हो।