प्रहरीको गोली लागि,गुण्डा नाइके कुमार घैंटे मारिए


काठमाडौ/ प्रहरीको गोली लागि गुण्डा नाइके कुमार घैंटेको मृत्यु भएको छ । प्रहरी र घैंटेको समूहबीच राजधानीको कपुरधारामा गोली हानाहान भएको थियो ।
गोली लागेर घाइते भएका घैंटेलाई उपचारको लागि शिक्षण अस्पताल लगिएको थियो ।

बिहीबार बिहान साढे ११ बजे सामाखुसीको गल्कोपाखामा प्रहरीसँगको मुठभेडमा परेका घैटेलाई उपचारका लागि शिक्षण अस्पताल लगिएको थियो। अस्पतालले उनको मृत्यु भएको पुष्टी गरेको छ। उनको छातिमा ८ वटा गोली लागेको थियो। प्रहरीले गोली प्रहार गर्दा राजेन्द्र महर्जन र सुरेन्द्र महर्जन घाइते भएका छन्। उनीहरूको खुट्टामा गोली लागेको छ।

नुवाकोटका कुमार श्रेष्ठ उर्फ कुमार घैटे कहिले दिपक मनाङे समूह त कहिले चक्रे मिलन समूहमा बसेर आफ्नो प्रभाव विस्तार गरेपछि पछि यी आफ्नु छुट्टिएर आफ्नै समुह चलाएका थिए। उनले सामाखुसीमा रहेको भन्ज्याङ्ग दोहोरी साँझमा कुमार मल्लमाथि कुटपिट गरेको अभियोगमा पक्राउ परेका थिए।

पुनः महानगरपालिका वडा नम्बर १९ को सिद्धीगणेश मावि अगाडि ट्याक्सीमा गइरहेका प्रेम लामालाई धारिलो हतियार प्रहार गरेका थिए। यस्तै गोंगबुमा रहेको शोगर्ल रेष्टुरेन्ट अगाडि काभ्रेका विष्णु लामामाथि गोलि प्रहार गरेको उनले गल्कोपाखामा हनेन्द्र सिंहलाई धारिलो हतियार प्रयोग गरेर ज्यान मार्ने प्रयास गरेको प्रहरीको रेकर्डमा रहेको छ।

यसअघि करिब १ वर्षअघि दिनेश अधिकारी चरीको पनि प्रहरी इन्काउन्टरमा मृत्यु भएको थियो।