फिन्ल्याण्डमा भलिबल प्रतियोगिता सम्पन्न


श्रवण खनाल
हेल्सिन्की/
खेलकुदको माध्ययमद्वारा यहाँ छरिएर रहेका नेपालीहरुलाई एकत्रित गर्ने उदेश्यका साथ प्रबासी नेपाली सँघ फिन्ल्याण्डले अगस्ट १२ र १३ गते भलिबल प्रतियोगिता सम्पन्न गरेको छ। संघले पहिलो पटक यस बर्ष देखि बालबालिकाहरुलाई समेत समेट्दै प्रतियोगिता सम्पन्न गरेको हो।

पुरुष तर्फ फाईनलमा बेसक्याम्प समुहलाई पराजित गर्दै युनाईटेड क्लब बिजयी बन्न सफल भयो। महिला तर्फको खेलमा भने लोटस समुह बिजयी भयो भने सनसाइन रनर अपमा नै सिमित रह्यो। यसैगरि जुनियर तर्फको प्रतियोगितामा सगरमाथा समुह ले उपाधि चुम्यो।

प्रतियोगितामा पुरुष तर्फबाट सुरज खरेल र महिला तर्फबाट सम्झना भण्डारी उत्कृष्ट खेलाडी घोषित भए । भलिबल प्रतियोगितामा पुरुष तर्फ ६ , महिला तर्फ ४ र बालबालिकाहरुबाट २ गरि जम्मा १२ समुहले खेलमा प्रतिस्पर्धा गरेका थिए।

प्रतियोगिताका बिजयी समुहहरुलाई एन आर एन फिन्ल्याण्डका पदाधिकारीहरुले संयुक्त रुपमा पदक तथा प्रमाणपत्र बितरण गर्नु भएको थियो। कार्यक्रममा अध्यक्ष बाल कृष्ण श्रेष्ठले यहाँ रहेका सम्पुर्ण नेपालीहरुलाई एन आर एनमा आवद्ध भएर आर्थिक एबम सामुहिक रुपले शसक्त बनाईदिन अपिल समेत गरे।

आर्थिक रुपले मजबुत हुन सकेको अवस्थामा संस्थाको तर्फबाट फिन्ल्याण्ड र नेपालका लागि गर्न सकिने धेरै सम्भाब्यता समेत औल्याउँदै सँस्थाका आगामी गतिबिधीहरु बारे चर्चा गरेका थिए ।

मुख्य प्रायोजक हिमालय रेस्टुराँ , सह- प्रायोजक सत्कार रेस्टुराँ र स्पाइस टाउन रहेको उक्त प्रतियोगितालाई हाम्रो बजार हेल्सिन्की , पालुवा, नेपाल फिन्ल्याण्ड डट नेट ले सहयोग गरेको उक्त प्रतियोगिताको सँयोजन सँस्थाका खेल सँयोजक नारन मगरले गरेका थिए। लिग चरणको खेल बेस्ट अफ थ्री र फाईनल खेल बेस्ट अफ फाइभ मा खेलाइएको थियो।

अपार दर्शकहरु उपस्थित उक्त प्रतियोगितामा बिभिन्न समुहहरु बनाएर नाचगान गर्दै खेलमा थप रौनक प्रदान गरे।