एशियन फोरमको पश्चिम क्षेत्रको अध्यक्षमा गुरुङ, कास्की जिल्लामा थापा


पोखरा /
एशिया मानव अधिकार तथा साँस्कृतिक विकास मञ्च (एशियन फोरम)को शनिबार सम्पन्न पश्चिमाञ्चल क्षेत्रिय समितिको दोश्रो अधिवेशनले पुनः जुमबहादुर गुरुङको अध्यक्षतामा नौ सदस्यिय नया कार्य समिति चयन गरेको छ।

समितिको उपाध्यक्षमा लक्ष्मण वानियाँ, सचिवमा कृष्णबहादुर रानाभाट, कोषाध्यक्षमा रामचन्द्र सुवेदी र सदस्यहरुमा शिबकुमार वराल, उमाकान्त पराजुली, मिरा पौडेल, चिनु गुरुङ, भगवती कोईराला चयन भएका छन्।

त्यसै गरि कास्की जिल्लाको दोश्रो अधिवेसनबाट पुनः तिलक थापाको अध्यक्षमा सात सदस्यिय कार्य समिति चयन गरेको छ । समितिको सचिवमा मोहनराज वराल, कोषाध्यक्षमा पार्वती पौडेल रेग्मी र सदस्यहरुमा हेमकाजी रानाभाट, खेमनारायण काफ्ले, बुद्धि रानाभाट र मेनुका पौडेल चयन भएका छन्।

कार्यक्रमको उद्घाटन गदै प्रमुख अतिथि संस्थाका केन्द्रिय अध्यक्ष निरज थापाले वैदेशिक रोजगारमा गई ज्ञान र सिप सिकेर आएका व्यक्तिहरुद्धारा स्थापित एशियन फोरम गैर नाफा मुलक, गैर सरकारी संस्था भएको र संस्थाले शिक्षा, स्वास्थ्य, तालिम, निशुल्क परामर्श लगाएतका विभिन्न क्षेत्रमा विगत १० वर्षदेखि कार्य गर्दै आएको वताए।

सो अवसरमा संस्थाका केन्द्रिय उपाध्यक्ष छ्यामबहादुर थापालाई क्षेत्रिय समिति तथा जिल्ला समितिले सम्मान गरेको छ। सरकारले संस्थाका केन्द्रिय उपाध्यक्ष थापालाई उत्कृष्ट कृषक राष्ट्रिय पुरस्कारद्धारा सम्मानित गरी संस्थाको गरिमा उच्च राखेको भन्दै सम्मान गरेको क्षेत्रिय समितिका सचिव कृष्णबहादुर रानाभाटले वताए।

unnamed-15

थापाले लेखनाथको रिठ्ठेपानीमा अत्याधुनिक प्रविधि तथा कोरियामा आफुले सिकेको सिपलाई प्रयोग गरी नेपालकै ठुलो बँगुर फार्म संचालन गरेका छन् । सो फर्ममा १५ जनाले प्रत्यक्ष रोजगार पाएका छन् भने १५ सय भन्दावढि वँगुर रहेका छन्।

उक्त कार्यक्रममा संस्थाको पश्चिमाञ्चल क्षेत्रिय समितिमा रहेर कार्य गरेका अध्यक्ष जुमबहादुर गुरुङ, उपाध्यक्ष राजेन्द्र पाठक, सचिव कृष्णबहादुर रानाभाट, कोषाध्यक्ष रामचन्द्र सुवेदी र सदस्यहरु शिबकुमार वराल, उमाकान्त पराजुली, लक्ष्मण वानिया, मिरा पौडेललाई केन्द्रिय अध्यक्ष निरज थापाले प्रशंसापत्र प्रदान गरेका थिए।

त्यसै गरि कास्की जिल्ला कार्य समितिका अध्यक्ष तिलक थापा, सचिव किरण वराल, कोषाध्यक्ष यामबहादुर थापा, सदस्यहरु दामोदर आचार्य, हेमकाजी रानाभाटलगाएतलाई क्षेत्रिय अध्यक्ष जुमबहादुर गुरुङले प्रशंसापत्र प्रदान गरेका थिए।

क्षेत्रिय अध्यक्ष जुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सम्मानित व्यक्ति छ्यामबहादुर थापा, व्यूटि सियन चिनु गुरुङ, जिल्ला अध्यक्ष तिलक थापा, क्षेत्रिय सचिव कृष्णबहादुर रानाभाटलगाएतले वोलेका थिए।