हामी अगाडी जान लागेको बाटो सहि छ ? सन्दर्भ: एनआरएन


नवीन पौडेल

गैर आवाशीय नेपाली संघ डेनमार्कको चौथो अधिवेशनको तिथि नजिकिदै गर्दा यसको नेतृत्व कसले लिने वा कसलाई बनाउने  भन्नेमा विभिन्न व्यक्ति ,समूह , संघ संस्थाहरुको दौडधुप चलिरहेको छ. विदेशमा रहने  सबै वर्ग, जातजाति ,पेशाकर्मी, विधार्थी देखि विभिन्न राजनीतिक तथा धार्मिक आस्था राख्ने सम्पूर्ण  नेपालीहरुको साझा संस्था को रुपमा आफ्नो परिचय स्थापित गर्दै सामाजिक कार्यमा भिन्न नाम  कमाएको यो संस्थाको कुनै पनि देशको राष्ट्रिय समन्वय परिषदको नेतृत्व चयनमा उच्च प्रतिस्प्रधा हुनु स्वाभाविक छ र स्वच्छ  प्रतिस्प्रधाले नै एक कुशल ,दक्ष र सामाजिक विकाशको भावनाले ओतप्रोत नेतृत्वको जन्म दिन्छ ।

एउटा विधार्थीको रुपमा आफ्नो परिवार ,इस्टमित्र र मातृभूमि नै छाडेर डेनमार्क प्रवेश देखि आज सम्मको  १२ वर्षे यात्रामा यहाको नेपाली समाज संग धेरै नजिक बाट परचित छु भन्ने मलाई लग्दछ यहि विश्वाशको आधारमा यो समाजको एकता र विभाजन दुवैमा केहि अङ्ग्श   म संग पनि जोडिएकोले  आज मलाइ केहि भन्न मन लागेको  डेनमार्कबासी नेपाली दाजुभाइ हरु समक्ष केहि कुरा बाँड्न मन लागेकोले दुइ चार शब्द तिता-मिठा कुरा गर्न गैरहेको छु।

डेनमार्क मा अस्तित्वमा रहेका विभिन्न संघ संस्थाहरु प्रती मेरो सम्मान उत्तिकै छ । यहाँ रहेका सबै संस्थाहरुको आ- आफनै मूल्य छ । आउंदै गरेको एन आर एन को अधिवेशनले डेनमार्कको नेपाली समुदायलाई जागरुक बनाएको देख्दा मलाई निकै सकारात्मक लागेको छ।

मेरो बुझाई मा संस्था स्थापना गर्नु धेरै राम्रो कुरा हो । जसले सामाजिक हकहितका लागि आएका  हरेक इश्युहरु  एकीकृत गरि अगाडी जान सहयोग गर्छ र स्वस्थ, स्वस्छ समाज को परिकल्पना गर्न सकिन्छ । हामी कति निरपेक्ष र स्वच्छ रुपमा आफुलाई  प्रश्तुत गरिरहेका हुन्छौं भन्ने कुरा समाजको प्रत्येक सदस्यले निगरानी राखिरहेको हुन्छ र यस्तै सामाजिक संस्थाहरुको अगुवाई गर्ने व्यक्ति निर्धारण गर्दा ति कुराहरुले महत्वपुर्ण भूमिका निर्वाहः गर्दछ । यस्तै मेरो बुझाइलाई आत्मा साथ गर्दै मेरो अगुवाई र पहलमा  डेनमार्कमा केहि  संस्थाहरुको सुरुवात गरियो ।

पहिलो संस्थाको सुरुवात २००४ मा गर्दा डेनमार्क भरि मा १०१ जना नेपालीहरु स्थाई बसोवासमा थिए र डेनमार्क भरि जम्मा १५ जना नेपाली बिधार्थीहरु मात्र थियौ । तुलनात्मक हिसाबले ठुलो संख्यामा रहेका बिधार्थीहरुको समस्या नै ठुलो समस्या थियो त्यसैले ति समस्याहरु बाट मुक्ति दिलाउनको लागि  साथी हरुसंग को छलफल गरि नेपाल डेनमार्क बिधार्थी फोरम को नाम दिएर संस्था शुरु गरियो । बिधार्थीको हितको लागि पहल गरियो ।

जस्तो कि free Tax अनि बसोबासको सुविधाको लागि धेरै पहल उक्त संस्थाले गरेको थियो । नया बिधार्थी देखि सबै नया आगन्तुकहरुका  लागि महत्वपूर्ण जानकारीहरु दिनुका अतिरिक्त सम्बन्धीत निकायमा पहल गर्न को लागि सुझाव दिने काम नै संस्थाको मुख्य काम थियो र धेरै हद सम्म हामी यो कार्यमा सफल पनि भएका थियौ  ।

दिनहरु बित्दै गए, नेपाली समाज ठुलो हुदै गयो र फेरी २००५ मा मेरो पहलमा र नेतृत्वमा जनसम्पर्क समिति डेनमार्कको स्थापना भयो । यसै गरी नेपालीहरुको संख्यामा वृद्धि हुदै जादा अन्य   Scandinavian Help denamark (SHD) र  गैरअावासीय नेपाली संघ  डेनमार्क जस्ता संस्थाहरुको पनि  स्थापना भयो जसमा मेरो पनि प्रत्यक्ष अप्रत्यक्ष संलग्नता थियो ।

सानो समुदायमा  रहेको हामीहरु को लागि यसरी धेरै संस्थाहरुको आवस्यकता होइन र छैन भन्ने ज्ञान हुदा हुदै पनि विभिद कारणले संस्था जन्मे र धेरैमा रही सामाजिक काम  गर्ने र अनुभव बटुल्ने मौका मिल्यो।

नेपालीहरुको इतिहास डेनमार्कमा लामो छैन र पनि छोटो समयमा धेरे अगाडी पुगिसकेको कुरा हामी सबै लाई  सर्बविदित छ । समाज अगाडी बढ्नु धेरे राम्रो कुरा हो र गौरव गर्नु पनि पर्छ । धेरी नेपालीहरुले स्नातकोत्तर तहको अध्ययन प्राप्त गरेका छन्, व्यापार व्यवसाय गर्न अगाडी अइरहेका छन्, सेटल हुनको लागि संघर्ष गर्दै छन् ।प्रार्थना गरौ सबैको  राम्रो होस् ।

यी विविधताले भरिएको डेनमार्कको नेपाली समाजमा सकारात्मक कुराहरु हुँदाहुँदै पनि सस्था को नाममा पोजिसन  होल्ड गर्ने नाममा स्वच्छ र स्वस्थ समाज को कल्पना गर्न  धेरै गार्हो देखिन थालेको महशुश हुन थालेको छ ।

सानो सानो समूहमा समाज टुक्रिन लगिरको अवस्था छ । आफुले भनेको  कुरामा सोर्है आना ठिक देख्ने तर  अरुको विचारलाइ शेर पनि सम्मान नगर्नु ।राजनीतिक आस्था एउटा व्यक्तिको नितान्त व्यक्तिगत कुरा हो र प्रत्यक्ष अप्रतक्ष हामी राजनीति संग जोडिएका छौ . समाज परिवर्तनको लागि कुनै आस्था वा सिद्दान्त लाइ अंगालेर  अथवा निरपेक्ष रहेर  अगाडी  आउने कसैलाई पनि एक अर्काका पक्षधर जो कसैले  लखेटी हाल्नु पर्छ वा भन्ने मलाई लाग्दैन ।

सबैको अस्तित्वको सम्मान हुनु पर्दछ भन्ने मलाई लाग्दछ  । कसले  धेरे संख्यात्मक खेताला खोज्ने  जस्ता होडबाजीले  यो  सानो समाजलाई  समालेर र समेटर जान सकिन्न  भन्ने कुरा को राम्रो ज्ञान हामी सबैमा बेलैमा हुनु जरुरि छ  ।

हाम्रो  उखान छ नि “बार्ह वर्ष कुकुर को पुच्छर ढुम्रोमा  हाल्दा पनि जुस्तोको त्यस्तै ” । हामी यस समाजमा बसेका छौ, धेरै केहि सिकेका छौ, पढेका छौ । राम्रो कुराको  सिको गर्नु को साटो हामी हाम्रो देश  को नेता हरुले गरेको सिको गर्दै छौ । देश  बिग्रियो भनेर फेरी ति नेता लाई गाली पनि गर्छौं ।  पहिला हामी आफुले आफुलाई प्रश्न गरौ – हामी अगाडी जान लागेको बाटो सहि छ?

हामी सबै को कर्तब्य हो यो सानो समाज लाई समालेर र समेटर अगाडी लैजानु , हामी सबैलेले हाम्रो समाज मा राम्रो काम गर्न नसकेपनि, नराम्रो नगर्दा समाज राम्रो बन्ने कुरा मा दुइमत नहोला ।