एनआरएन चेक गणतन्त्रको अध्यक्षमा अर्जुन सापकोटा निर्बाचित


स्पेन /
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद चेक गणतन्त्रको अधिबेशनले अर्जुन सापकोटा अध्यक्षमा निर्बाचित भएका छन्। संघको आईतबार सम्पन्न अधिबेशनबाट सापकोटा अध्यक्षमा निर्बाचित भएका हुन्।यस्तै अन्तराष्ट्रिय समन्वय परिषद सदस्यमा अधिबेशनले जितेन्द्र रायमाझीलाई प्रस्तावित गरेको छ।

संघको नयाँ कार्यसमितिको उपाध्यक्षहरुमा कर्ण रायमाझी ,बैकुण्ठ रायमाझी र राम कटुवाल,महासचिवमा लक्ष्मण गैरे सचिवमा रिजन गुरुङ,चन्द्रा अधिकारी र कोषाध्यक्षमा संजय अधिकारी चयन भएका छन्।

यस्तै संघको युवा संयोजकमा पुरन रायमाझी र महिला संयोजक शुष्मिता रायमाझी रहेको कार्यसमितिमा जीवन केसी ,नवराज सापकोटा ,ओम बहादुर रायमाझी र सिद्धराज जोशी सदस्यहरु रहेका छन्। गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद युरोप क्षेत्रका उप- संयोजक सोम सापकोटाको प्रमुख आतिथ्यतामा अधिबेशन सम्पन्न भएको हो।

चेक बासी नेपालीहरु एनआरएनको अभियान अन्तर्गत देश पुन: निर्माणमा लाग्न तयार रहेको सापकोटाले नेपालीनेपाली डटकमलाई जानकारी दिएँ।11902305_1223391731010669_7896669002496145580_n