एनआरएन डेनमार्कको अधिवेशनको तयारी तिव्र


कोपनहेगन । डेनमार्कमा हाल एन आर एनको अधिवेशनको रौनक चलिरहेको छ । अधिवेशनको तयारी हाल तिव्र गतीमा चलिरहेको छ । अधिवेशन नजिकिंदै गर्दा उम्मेदवारी दिने क्रम चलिरहेको पनि छ । यसै क्रममा एन आर ले डेनमार्कले अधिवेशनको लागि सबै तयारी पुरा गरेको हालै आयोजीत पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।

तयारीको क्रममा हालै निर्वाचन समिति गठन गरिएको महासचीव विरेन्द्र सिहं कार्कीले पत्रकार सम्मेलनमा बताए । उद्धव सिग्देलको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको पनि उनले जानकारी दिएका छन् । निर्वाचन समिति पांच सदस्यीय सहेको छ जसमा सदस्यहरुमा दिपक राज रिजाल, शुशिल घिमिरे, कुलराज शर्मा र महेन्द्र खड्का रहेका छन् ।

निर्वाचन समितिले आफनो कार्य थालनी गरिसकेको अध्यक्ष दिपक सापकोटाले बताए । उनले बताए अनुसार अधिवेशन समयमै गरिन लागिएको हो । अघिल्लो पटक पनि अगस्ट २४ मै गरिएकोले एकदिन पनि ढिला नगरिकन सोहि दिन सम्पन्न गर्ने लक्ष रहेको पनि उनले जानकारी दिए ।

रित नपुगी आएका सदस्यता उपर छानवीन पनि चलिरहेको र त्यससम्बन्धी सबै निर्णय अब निर्वाचन समितिले गर्ने पनि जानकारी दिइएको छ ।

अधिवेशन कोपनहेगन नजिकैको भेन्सुल भन्ने ठाउँमा हुने भएको छ । जहाँको ठेगाना निम्नानुसार रहेको छ ।

Lindehøjen 2720, Vanløse

मतदान भएको खण्डमा कम्प्प्यूटर सिस्टम मार्फत भोट हाल्ने तयारी

निर्वाचन समितिका प्रवक्ता दिपक रिजालले बताए अनुसार यसपाली कम्प्युटर सिस्टमबाट भोट हाल्ने विधीको लागि  तयारी भइ रहेको छ । यससम्बधी निर्णय निर्वाचन समितिले छिट्टै निर्णय लिने पनि उनले जानकारी दिएका छन् ।

प्रवक्ता रिजालले बताए अनुसार निस्पक्ष रुपमा अधिवेशन सम्पन गर्नको लागि निर्वाचन उप-समिति समेत गठन गरिएको छ । उप-समितिका सदस्यहरुमा  लक्ष्मी बेलबासे, जुनु गर्तौला, कुलराज सापकोटा, अमृत थापा, गोविन्द भट्टराई, कन्चन देवकोटा रहेका छन् ।

यसैगरी एन आर एन डेनमार्कले निर्वाचन कार्यतालिका पनि निम्नानुसार तयार गरेको जानकारी महासचिव विरेन्द्र सिंह कार्कीले जानकारी दिएका छन् ।

आज मिति १५ अगष्ट २०१५ का दिन गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिसद डेनमार्कको तेश्रो अधिवेशनको निर्वाचन समितिको बैठकले निम्नानुसारको निर्णय गरेको छ । 

 क) मतदाता नामावली प्रकाशन (गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिसद डेनमार्कको Website मा प्रकाशन भएको)

 

ख) निर्वाचन कार्यक्रम :

 

१. १७ अगष्ट २०१५ सोमवार विहान ११ बजे देखि सांझ ५ बजे सम्म उमेदवारीदर्ता 

 

२. १७ अगष्ट २०१५ सोमवार सांझ ६ बजे उमेदवारको प्रारम्भिक नामावली प्रकाशन

 

३. १७ अगष्ट २०१५ सोमवार सांझ ६ बजे देखि १९ अगष्ट २०१५ सांझ ५ बजे सम्म दावि विरोध तथा मनोनयन फिर्ता

 

४. १९ अगष्ट २०१५ सोमवार सांझ ६ बजे उमेदवारको अन्तिम नामावली प्रकाशन

 

५. २४ अगष्ट २०१५ सोमवार विहान ९ बजे देखि साँझ ६ बजे सम्म मतदान

 

६. २४ अगष्ट २०१५ सोमवार मतदान कार्य सम्पन्न भएको १ घष्टा भित्रमा मतगणना शुरु हुने ।

 

ग) निर्वाचन आचारसंहिता २०१५ निर्वाचन प्रक्रिया परिबेक्षण गर्नको लागि सामाजिक संस्थाहरु अभियान नेपाल,   Scandinavian Help, Creative Nepalese Women Denmark  र इनास डेनमार्कका एक एक जना प्रतिनिधिलाई आमन्त्रण गरिने छ । 

 

१. कुनै पनि व्यक्ति उमेदवार बन्नको लागि र मतदान प्रक्रियामा भाग लिन निज व्यक्ति राष्ट्रिय समन्वय परिषदको पन्जिकृत सदस्य अनिवार्य हुनु पर्ने छ । 

 

२. निर्वाचन समितीले निर्धारण गरेका नियमको परिधिभित्र रहेर उमेदवारहरुले उमेदवारी दिनु पर्ने छ । 

 

३. निर्वाचन समितिले निर्धारण गरे अनुसार आवेदन फारममा तोकिए अनुसारको दस्तुर वा शुल्कका साथै एक जना प्रस्तावक र एक जना समर्थक सहितको निवेदन दिनु पर्ने छ । कुनै १ जना उमेदवारको प्रस्तावक र समर्थक भएको व्यक्ति अर्को कुनै पनि पदको उमेदवारको प्रस्तावक र समर्थक हुन पाउने छैन । 

 

४. अन्तराष्ट्रिय समन्वय परिषदको सदस्य(आई.सि.सि) बन्नका लागि उमेदवार हुनको लागि निज व्यक्तिले अन्तराष्ट्रिय समन्वय परिषदको सदस्य वा राष्ट्रिय समन्वय परिषदको कार्यकारी पदमा एक कार्यकाल पूरा गरेको हुनु पर्ने छ । 

 

५. राजनैतिक, क्षेत्रिय, जातिय वा धार्मिक आधारमा कुनै समुह वा प्यानलको आधारमा चुनाव लड्न वा समुहगत रुपमा मतको आहन गर्न वा प्रचार प्रसार गर्न पाइने छैन । यदि कुनै उमेदवार राजनैतिक, क्षेत्रिय, जातिय वा धार्मिक संस्थाको कार्यकारी समितिको पदाधिकारी वा सदस्य पद धारण गरेको भए सो पद त्याग गरेको लिखित जानकारी पनि मनोनयन फारमका साथ पेश गर्नुपर्ने छ । 

 

६. उमेदवार हुने व्यक्ति आफु स्वयंम उपस्थित हुन नसके वारिसनामा दिएर आफुले इच्छाएको व्यतिmमार्फत निबेदन दिन सक्नेछन् । तर मनोनयन फिर्ता गर्नु परेमा व्यक्ति आफै अनिवार्य उपस्थित हुनु पर्ने छ । 

 

७. उमेदवारी दर्ता गरि सकेको व्यक्तिले समितिले तोकेको समय सिमा भित्र आफ्नो उमेदवारी फिर्ता लिन सक्ने छ । यसरी फिर्ता लिंदा उमेदवारी शुल्क वापत बुझाएको रकमको २५ प्रतिशत कट्टा गरी बाकी रकम फिर्ता हुनेछ । 

 

८. निर्वाचन समितिले निर्वाचन कार्यलाई सहयोग गर्नको लागि उमेदवारहरुसंग बढिमा एक जना प्रतिनिधि माग्न सक्नेछ । 

 

९. कुनै पदमा एक मात्र उमेदवारी परेमा निजलाई निरविरोध निर्वाचित गरिने छ । 

 

१०. कुनै पनि उमेदवार र समर्थकले निर्वाचन हुने अधिल्लो दिन २३ अगष्ट २०१५ विहान ९ बजे उप्रान्त प्रचार प्रसार पाउने छैन । 

 

११. मतदान गर्नु पूर्व मतपत्र लिंदा गैर आवासिय नेपाली संघको विधान २००३ (२०१३ को संसोधन सहित) परिच्छेद ४ को धारा ७ उपधारा १ बमोजिम आफ्नो परिचय खुल्ने कागजात अनिवार्य (पासपोर्ट र रेसिडेन्सि कार्ड अनिवार्य) देखाउनु पर्ने छ । 

 

१२. मतदान कार्य गोप्य हुने छ । 

 

१३. मतगणना कार्य सोहि दिन हुने छ । 

 

१४. कुनै विवाद उत्पन्न भएमा निर्वाचन समितिको निर्णय नै अन्तिम हुनेछ । 

 

१५. एकै पदमा २ भन्दा सो भन्दा बढि उमेदवारको बरावर मत भएमा सो पदकालागि पून निर्वाचन गरिने छ । 

 

१६. निर्वाचन समितिका पदाधिकारीहरु पञ्जिकृत सदस्य भए मतदान गर्न पाउने छन् तर संयोजकको हकमा यो लागु हुने छैन ।

 

घ) उमेदवारी मनोनयन शुल्क :

 

१. अध्यक्षः  २००० क्रोनर

 

२. उपाध्यक्षः  १५०० क्रोनर

 

३. महासचिबः  १२०० क्रोनर

 

४. सचिवः  १००० क्रोनर

 

५. कोषाध्यक्षः  १००० क्रोनर

 

६. युवा प्रतिनिधिः १००० क्रोनर

 

७. महिला प्रतिनिधिः १००० क्रोनर

 

८. सदस्यः ५०० क्रोनर

 

९. महिला सदस्यः ५०० क्रोनर

 

१०. आइ.सी.सी सदस्यः २००० क्रोनर