एनआरएन डेनमार्कको अध्यक्षमा दिपेन्द्र चुडालको उम्मेदवारी


कोपनहेगन । एन आर एन डेनमार्कको आउँदो अधिवेशन संगै उम्मेदवारी दिने क्रम पनि चलिरहेको छ । यो संगै आगामी कार्यकालको लागि दिपेन्द्र चुडालले उम्मेदवारी दिएका छन् । जनसम्पर्क समिति डेनमार्कको पूर्ण सहयोगमा चुडालको उम्मेदवारी आएको हो ।

हालै कोपनहेगनमा आयोजित पत्रकार सम्मेलनमा चुडालले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । पेशाले रेस्टुरेन्ट व्यवसायी चुडाल डेनमार्कमा विगत १५ वर्षदेखि बसोवास गर्दै आएका व्यक्ती हुन् ।

Screen Shot 2015-08-15 at 00.49.01

एन आर एन डेनमार्कको संस्थापक उपाध्यक्ष भैसकेका चुडाल विभिन्न संस्थामा आवद्ध भएर अनुभव बटुली सकेका व्यक्ती मानिन्छन । सन् २००९  मा एन आर एन डेनमार्कको स्थापनाको बखत आयोजीत भेलामा उपस्थित बहुमतको भिडले अध्यक्ष बन्नु पर्छ भनेर दवाव दिंदा समय अभाव भएकोले अध्यक्ष बन्न नसक्ने जानकारी दिएका चुडाल त्यतिबेला उपाध्यक्ष रहेर काम गरेका थिए ।

एन आर एनमा आउनु भन्दा अगाडी नै विभिन्न संस्थामा काम गरेका चुडाल स्क्यांडेनेभियन हेल्प डेनमार्कको कार्यक्रम संयोजक, विधार्थीहरुको सस्थाका संस्थापक सदस्य एवं जनसम्पर्क समिति डेनमार्कका संस्थापक सदस्य समेत हुन् ।

जनसम्पर्क समितमा आवाद्ध धेरै व्यक्तीहरु आगामी अध्यक्षको दौडमा रहे पनि जनसम्पर्क समिति डेनमार्कले चुडाललाइ उपयुक्त देख्नुमा उनले डेनमार्क बसाइको दौरानमा गरेका क्रियाकलापहरुको कारण भएको जनसम्पर्क समिति आवद्ध सदस्यहरुको दावी छ ।

जनसम्पर्क समिति डेनमार्कका अध्यक्ष नवराज आचार्य ( नवीन ) ले बताए अनुसार चुडाल नै एउटा सक्षम र कदम्कदाचित प्रतिष्पर्धा भएको खण्डमा चुडाल एउटा शशक्त उम्मेदवार हुन्  । जनसम्पर्क समितिभित्र उनलाई शशक्त उम्मेदवारको रुपमा हेरिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै उनले विगतमा पटक पटक साथीहरुले नेतृत्वमा आउन आग्रह गरेतापनि आंफुसंग समय अभाव र पारिवारीक कारणले गर्दा अगाडी आउन नसकेको बताए । उनले बताए अनुसार अहिले उनीसंग एन आर एनलाइ दिने समय छ र त्यहि कारण उम्मेदवारको रुपमा उनी आएका हुन् ।

पत्रकार सम्मेलनमा उनले आफ्नो आगामी एजेन्डा समेत प्रश्तुत गरेका थिए । डेनमार्कमा नेपालीहरुको कल्चर हाउस, नयाँ आउने नेपालीहरुको विविध जानकारीको लागि टेलिफोन हटलाइनको सुविधा, आपत विपदमा परेका नेपालीहरुलाई आकस्मिक राहत सहयोग दिने लगायतका कुराहरु उनको एजेन्डामा सामेल छन् ।

सहमतीमा नेतृत्व चयन हुने कुरा के हुँदै छ भन्ने प्रश्नमा चुडालले ”समय धेरै छ त्यसकारण सबैसंग समहती खोज्नु पहिलो प्राथमिकता रहेको र सहमतीमा नेतृत्व आउने सम्भावना भएमा आँफु धेरै लचक हुने बताए  ।

डेनमार्कमा बिद्यार्थीको रुपमा आएका चुडाल डेनमार्कमा नेपाली बीच निकै चर्चित मानिन्छन । प्रष्ट बोल्ने र सबैसंग मिठो बोली बोल्ने चुडालको सवल पक्ष भनेकै यिनै हुन् । जनसम्पर्क समिति डेनमार्कको साथ् पाउनुको कारण नै यीनको उम्मेदवारी बलियो रहेको धेरैको अड्कल रहेको छ ।