बिनोद मोक्तानको अध्यक्षतामा तामाङ समाज स्पेन गठन


बार्सिलोना/
स्पेनमा नेपाली समुदायको उपस्थिति बढ्दै गएको बेला राजनीतिक अलवा जातीय क्षेत्रीय संघसंसस्थाहरु बढ्ने क्रम जारी रहेको छ। तामाङ समाजको स्थापना सँगै स्पेनमा अर्को नयाँ सँस्था थपिएको हो।

आफ्नो भाषा,मौलिकता संस्कृति,भेषभूसा र पहिचानका लागि भन्दै बिनोद मोक्तानको अध्यक्षतामा समाज गठन भएको छ।  यस्तै समाजको उपाध्यक्ष – सोम घिसिङ्,महासचिव संजय स्याङ्गतेन,सचिब संगीता थोकर र कोषाध्यक्षमा पन्छ माया घिसिङ चयन भएका छन्।

यस्तै कार्यसमितिका सदस्यहरुमा कबिता बम्जन, धनमाया तामाङ,सिङ माया तामाङ,लाल बाबु मोक्तान रहेका छन्। गत बर्ष बार्सिलोनामा सम्पन्न भेलाले तदर्थ समिति गठन गरिएको भएँ पनि समाजले अहिले आएर पूर्णता पाएको छ। तदर्थ समितिका संयोजक रहेका अजय लोप्चन भने समाजको संरक्षकमा रहेका छन्।

समाजले बार्सिलोनामा रहेका संघ सस्थाहरु मिलेर सामाजिक कार्यका लागि सधै हातेमालो गर्ने जनाएको छ। यस्तै आफ्नो भेषभूसा र सस्कृति झल्कने किसिमका कार्यक्रमहरु नेपाली समुदायलाई लक्षित गरि निकट भविष्यमा गर्ने योजना समाजले लिएको छ।