बर्ष व्यक्तित्व सम्मान शुरु गरेकोमा, शेष घलेद्वारा नेपालीनेपाली डटकमको प्रशंसा


बार्सिलोना /
गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष शेष घलेले युरोपबाट संचालित अनलाईन पत्रिका नेपालीनेपाली डटकमको प्रशंसा गरेका छन्। समाजिक क्षेत्रमा योगदान दिदै आएकाहरुलाई सम्मान स्वरूप बर्ष व्यक्तित्व सम्मानको कार्यक्रम शुरुवात गरेकोमा घलेले प्रशंसा गरेका हुन्।

बार्सिलोनाबाट कतार जाने क्रममा बिमानस्थलमा घलेले नेपालीनेपाली डटकमबाट बर्ष व्यक्तित्वको सम्मान पाएका एनआरएन स्पेनका निर्बमान अध्यक्ष एकराज गिरीलाई  खादा लगाई बधाई दिएका थिएँ। घलेले नेपालीनेपाली डटकमको बर्ष व्यक्तित्वबाट एनआरएन स्पेनका निर्बतमान अध्यक्ष सम्मानित भएकोमा आईसीसीलाई समेत गर्व भएको बताएँ। उनले एनआरएन स्पेनको उच्च मुल्याङ्कन गरेकोमा नेपालीनेपाली डटकमलाई धन्यबाद समेत ब्यक्त गरेका छन्।

गिरीले आफ्नो कार्यकालमा सातौ युरोपियन क्षेत्रीय बैठक बार्सिलोनामा सम्पन्न गरेका थिएँ। यस्तै उनी भूकम्प पिडित सहयोगार्थ स्पेनमा गठित राहत कोषका संयोजक पनि हुन्। गत जुलाई १२ मा सम्पन्न मिडियाको बार्षिकउत्सवमा कलाकारीताको क्षेत्रबाट अजय लोप्चन सम्मानित भएका थिएँ।

यसै बीच बुधबार बार्सिलोनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि घलेले स्पेन स्थित संघसस्थाका प्रतिनिधिहरु लगायत स्थानीय पत्रकारहरुलाई खादा लगाई धन्यबाद तथा आभार प्रकट गरेका थिएँ।

कार्यक्रमका केहि झलकहरु :

11215528_1479886148998861_8803947825425466896_n 11891229_1479886175665525_5153218022969902063_n 11828722_1479886562332153_7338744565504157414_n 11887868_1479886878998788_3801846512448363824_nIMG_6276IMG_6272IMG_6273IMG_6274IMG_6278IMG_6244IMG_6263