शेष घलेको सम्मानार्थ, तमु समाज स्पेनको कार्यक्रम सम्पन्न


बार्सिलोना /
तमु समाज स्पेनले गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष शेष घलेलाई सम्मान गरेको छ। समाजले गुरुङ संस्कृति अनुसार फेदा लगाएर घलेलाई सम्मान गरेको हो।  बिहिबार बार्सिलोनामा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि घलेले तमु समाज स्पेनले भूकम्प पिडितहरुको लागि सहयोग गरेकोमा उच्च प्रशंसा गर्दै आभार प्रकट गरेका थिएँ।

समाजकी अध्यक्ष ज्योती गुरुङले करिब १६ महिनाको अबधिमा घले सँग दुई- दुई पटक कार्यक्रम राख्न पाउँनु तमु समाज स्पेन अत्यन्तै भाग्यमानी रहेको बताईन्। उनले घलेले दुई बर्षमा गरेको काम निकै प्रशंसनीय रहेको बताउँदै फेरि एनआरएनको नेतृत्व लिनुपर्नेमा जोड दिईन्।

गत बर्ष जुनमा पनि,एनआरएन युरोपियन क्षेत्रीय बैठकमा भाग लिन बार्सिलोना आउँदा घलेको उपस्थितिमा समाजले कार्यक्रम गरेको थियो।

कार्यक्रममा एनआरएन युरोप संयोजक अर्जुन कुमार श्रेष्ठ,अन्तराष्ट्रिय समन्वय परिषद सल्लाहकार दिल गुरुङ,एनआरएनए स्पेनका अध्यक्ष मुक्त बहादुर गुरुङ,प्रबासी नेपाली मंच स्पेनका अध्यक्ष दिनेश गुरुङ,नेपालीनेपालीडटकमका प्रधानसम्पादक बसन्त रानाभाट,लगायतले बोलेका थिएँ।

कार्यक्रममा,सहभागी तमु समुदायले आ-आफ्नो परिचय दिदै बिचार राखेका थिएँ। अध्यक्ष ज्योती गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन दिपा गुरुङले गरेकी थिईन्। एक हप्ताको युरोप भ्रमण सकेर घले बिहिबार नै कतार प्रस्थान गरेका थिएँ।

11874046_1167553276595059_441375512_n 11880737_1167553286595058_560350340_n11880102_1167553249928395_51469562_n