कास्कीका पहिरो पिडितहरुको सहयोगार्थ स्पेनमा रकम संकलन शुरु


बार्सिलोना / अविरल वर्षापछि कास्कीमा गएको भिषण पहिरोमा परेका, पिडितहरुको सहयोगार्थ स्पेनमा रकम संकललन अभियान शुरु भएको छ। कास्की सेवा समाज स्पेनले रकम संकलन अभियान शुरु गरेको हो।

रकम संकलनका लागि समाजका अध्यक्ष दिल नाथ भण्डारीको संयोजकत्वमा ३३ सदस्यीय आर्थिक संकलन सहयोग समिति गठन भएको छ। समितिको उपसंयोजकमा समाजका उपाध्यक्ष राजेन्द्र कडेल रहेका छन् भने कार्यसमितिका पदाधिकारी,सदस्यहरु र सल्लाहकारहरुलाई संकलन समितिको सदस्यमा राखिएको छ।

रकम संकलन अभियानको शुरुवातमा नै ४ सय ६ युरो संकलन जुटिसकेको समाजले जनाएको छ। रकम संकलन कार्य सकिए लगत्तै समाजले बढी प्रभावित ठाँउको पहिचान गरि पिडितहरुलाई सहयोग गर्ने योजना बनाएको छ।

स्पेनबासी नेपाली समुदाय,संघ सस्थाहरुले हरेक सामाजिक कार्यमा हातेमालो गर्दै आएको र कास्कीको पिडामा पनि मल्हम लगाउँन समाजले सबैलाई अपिल गरेको छ। समाजले रकम संकलन अभियानमा सहकार्य गर्न स्पेन स्थित स्थानीय मिडियाहरुलाई अनुरोध समेत गरेको छ।

यसैबीच नेपालीनेपाली डटकमले समाजले गरेको कार्यमा पूर्ण साथ दिदै रकम संकलन अभियान नसकीए सम्म सहयोगदाताको नामावली प्रकाशन लगायत निरन्तर समाचार अपडेड़ गरि पूर्ण साथ दिने जनाएको छ।

पहिरोको कारण कास्कीको लुम्ले गाविसमा,भदौरे तामागी गाविसमा र ढिकुरपोखरी गाविसमा ठुलो धनजनको क्षति भएकाले थियो।

हालसम्म सहयोग गर्ने दाताहरुको नामावली

दिलनाथ भण्डारी(अध्यक्ष) – ३०५ युरो
राजेन्द्र कडेल – ५१ युरो
शुरेस भण्डारी – २० युरो
बिशाल ढुंगाना – २० युरो
टिका क्षेत्री – १० युरो