म्याड्रीडबासी नेपालीहरु यसरी रमाएँ ( फोटोफिचर सहित)


म्याड्रीड/
गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको क्षेत्रीय समिति म्याड्रीडले पिकनिक कार्यक्रम सम्पन्न गरेको छ। म्याड्रीडमा रहेका नेपालीहरु एकजुट हुँदै आपसी भाईचारा र सद्भाव बाड्दै पहिलो पटक पिकनिक कार्यक्रमको आयोजना गरेका हुन्।

गत आईतवार सम्पन्न कार्यक्रममा म्याड्रिडमा बसोबास गर्ने नेपालीहरुको उल्लेखेनिय रुपमा सहभागिता रहेको थियो। घरघरबाट नेपाली परीकार  बनाई खुशीका साथ नेपालीहरु पिकनिकमा सहभागीता जनाए। स्थानिय पार्क सुरमा परिचयात्मक कार्यक्रम, अन्ताक्षेरी, नृत्य, फुटबल, ब्याडमिन्टन, र घैटो फुटाई जस्ता अतिरिक्त कार्यक्रमहरुले अभिभाबकको साथमा बालबालिकाहरु समेत रमाएका थिए।

गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनका सचिब रामकृष्ण पुडासैनीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संघका निबर्तमान अध्यक्ष एवम प्रस्तावित आईसीसी सदस्य एकराज गिरि र संघका अध्यक्ष मुक्त बहादुर गुरुङले पठाएको शुभकामना सन्देश पढेर सुनाईएको थियो।

क्षेत्रीय समिति समिती म्याड्रीडका अध्यक्ष रोशन पाठकले कार्यक्रममा सहभागि सबैलाई धन्यवाद ब्यक्त गरेका गरे। उनले आगामी दिनमा गरिने कार्यक्रममा पनि यस्तै सहभागिताको आशा ब्यक्त गर्दै आफ्नो धारणा राखेका थिए।  म्याड्रिडमा हुने गरेका कार्यक्रम मध्ये आहिले सम्म कै बढी उपस्थिति रहेको कार्यक्रमको रुपमा परिचित भएको छ।11873971_1011191305581696_1378323963_n11855340_1011191272248366_297802961_n11846281_1011191215581705_1092588268_n11880764_1011191128915047_473340974_n11846232_1011191285581698_616499320_n