शेष घलेलाई फेरि नेतृत्व लिन युरोपका गैर आवासीयहरुको सुझाव


– वसन्त रानाभाट
बार्सिलोना

गैर आबासीय नेपाली संघका अध्यक्ष शेष घलेलाई पुन:नेतृत्व लिन युरोपका गैर आबासीयहरुले सुझाव दिएका छन्। युरोप भ्रमणमा रहेका घलेलाई, देश पुनर्निमाणमा लाग्न एनआरएनको महत्वपूर्ण भूमिका रहेको बताउँदै पुन:नेतृत्व सम्हाल्न सुझाव दिएका हुन्।

अगष्ट ८ देखि १३ तारिक सम्म युरोप भ्रमणमा रहेका घलेलाई पुन: नेतृत्व लिन चौतर्फी दबाब बढेको छ। युरोपका बिभिन्न मुलुकहरुमा भई रहेका कार्यक्रमहरु सहभागीहरुले घलेलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा यस्तो सुझाव दिएका हुन्। अध्यक्ष घलेले भने अक्टोबरमा हुने एनआरएन बिश्व सम्मेलनको बारेमा केहि बोलेका छैनन्।

उनले हरेक कार्यक्रमहरुमा भूकम्प पिडितहरुको लागि गैरआबासीयहरुले गरेको सहयोगको उच्च प्रशंसा गर्दै धन्यबाद ब्यक्त गरेका छन्। घलेले राहत बितरण कार्यमा आँफूहरुले भोगेका अनुभवहरुलाई सुनाउँदै अब पुननिर्माणमा जुट्न पनि हातेमालो गर्नु पर्नेमा जोड दिदै आएका छन्।

जर्मनीमा अन्तरक्रिया कार्यक्रम,घलेलाई नेतृत्व लिन जोड

अध्यक्ष घलेले युरोप भम्रणको शुरुवात जर्मनीबाट शुरु गरे। गत शनिबार गैर आवासीय नेपाली संघ, राष्टिय समन्वय परिषद, जर्मनीले “एनआरएनएको आगामी आसन्न निर्वाचन र नेतृत्व चयनको सबाल” विषय अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो। कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले घलेको नेतृत्वमा रहेको एनआरएनले दुई बर्षमा धेरै राम्रा कामहरु गरेको भन्दै चर्चा गरेका थिए। बाँकी रहेका कामहरुलाई पूर्णता दिनको लागि पनि अब फेरि घलेले नेतृत्व लिनु पर्नेमा बक्ताहरुले जोड दिएको, सहभागीहरु बताउँछन्।

कार्यक्रममा बोल्दै अध्यक्ष घलेले भूकम्प पिडितहरुको लागि सहयोग जुटाउँने जर्मन बासी नेपाली सुमुदायलाई धन्यबाद सहित आभार प्रकट गरे। अन्तरक्रिया कार्यक्रममा एनआएनएका प्रमुख संरक्षक राम प्रताप थापा, निवर्तमान अध्यक्ष जीवा लामीछाने,महासचिव कुमार पन्त,सल्लाहकार दिल गुरुङ,महिला संयोजक सपिला राजभण्डारी लगायत बिभिन्न संघ सस्थाका प्रतिनिधिहरुले बोलेका थिएँ।

नेदरल्यान्ड्सको अधिबेशनमा घलेको सहभागीता

जर्मनीको कार्यक्रम पछि अध्यक्ष घलेले गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्याण्डको छैटौ अधिबेशनमा सहभागिता जनाएका छन्। प्रमुख अतिथिको रुपमा अधिबेशनको उद्घाटन गर्दै उनले सफलताको शुभकामाना ब्यक्त गरे।

घलेले प्राय: नेपालीहरुको कार्यक्रम हुँदा अतिथि र सर्बसाधारणको ठाँउनै किटान गर्नुले झन् दुरी बढेको महशुस हुने र यसलाई हटाउँनु पर्ने भन्दै दर्शक दिर्घामा आए पछि तालीको गटगहाट सुनिएको सहभागीहरु बताउँछन्।

11807668_1203614752989175_6964701453872303811_oआईतबार सम्पन्न अधिबेशनमा पर्यबेक्षकको रुपमा युरोप संयोजक अर्जुन कुमार श्रेष्ठ र उपसंयोजक सोम सापकोटा सहभागी थिएँ। अधिबेशनबाट आगामी कार्यकालको लागि आइसीसी सदस्यमा श्रीराम कंडेल,अध्यक्षमा हिमाल गुरुङ ,बरिष्ठ उपाध्यक्षमा केशबराज पाण्डे,उपाध्यक्षमा महेन्द्र सुबेदी र झलक जिसी निर्बाचित भएका छन्।

यस्तै महासचिबमा अच्युत कट्टेल,सचिब प्रभात पौडेल,कोषाध्यक्ष घनश्याम सापकोटा,सह-कोषाध्यक्ष कुश बजगाई, युवा संयोजकमा अमित कार्की र महिला संयोजकमा सावित्री रिजाल सहित कार्यसमितिका सदस्यहरु निर्बिरोध निर्बाचित भएका हुन्।

बेल्जियममा घलेको भब्य स्वागत

जर्मनी र नेदरल्यान्ड्सका कार्यक्रमहरु सकेर अध्यक्ष घले सोमबार युरोपको राजधानी बेल्जियम पुगे।बेल्जियम बासी नेपाली समुदायले घलेलाई एक भब्य कार्यक्रम बीच स्वागत गरे।

गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेल्जियमको आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष घलेले भूकम्पको बेला अहोरात्र खट्ने सम्पुर्ण गैर आबासीयहरुलाई धन्यबाद तथा आभार प्रकट गरे।

11242335_1219223041427538_1382705803563728026_n

विपत्तिको बेला सामना गर्नु परेका कुराहरुको स्मरण गर्दै घलेले भने,”उद्दार र राहत भन्ने कुरा तत्काल गर्न सक्नु पर्ने रहेछ, ३ -४ हप्ता पछि खासै महत्व नहुने रहेछ, हामीले जति गर्न सक्यौ क्षमताले भ्याए जति समयमा नै गर्ने कोशिस गर्यौ। अब बेला पुनर्निमाणको हो,यसमा पनि सबै जुट्नु पर्छ। ”

एनआरएन बेल्जियमका अध्यक्ष प्रेम गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अन्तराष्ट्रिय समन्वय परिषदका सल्लाहकार दिल गुरुङ, यूवराज गुरुङ,युरोप संयोजक अर्जुन कुमार श्रेष्ठ,उप संयोजक सोम सापकोटा,महिला उप संयोजक रजनी प्रधान,आईसी सदस्यहरु जानकी गुरुङ,शिब कुमार बरुवाल,पशुपति भण्डारी कुल आचार्य लगायत बेल्जियम स्थित संघ सस्थाका प्रतिनिधिहरुले बोलेका थिए।

घले अब लक्जम्बर्ग,फ्रान्स र स्पेनमा पनि पुग्ने

निकै ब्यस्त समय तालिकामा युरोप भ्रमण चलिरहेका बेला घलेले लक्जम्बर्ग,फ्रान्स र स्पेनका गैरआबासीयहरु सँग पनि छलफल गर्ने भएका छन्। उनि राष्ट्रिय समन्वय परिषद लक्जम्बर्गको अधिबेशनमा सहभागी बन्ने भएका छन्।

अधिबेशन सकेर मंगलबार साँझ नै पेरिस पुग्ने कार्यक्रम रहेको युरोप संयोजक श्रेष्ठले जानकारी दिएँ। बुधबार बिहान फ्रान्सका गैर आबासीयहरु सँग छलफल गरेर अपरान्ह भने घले बार्सिलोना आईपुग्ने भएका छन्।

बुधबार साँझ ७:३० बजे एनआरएन स्पेनले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रम पछि भने कार्यलय स्थापना सहयोगार्थ च्यारिटी डिनरको आयोजना गरेको संघले जनाएको छ।

अध्यक्ष शेष घले स्पेन आउँने भए पछि यहाँका गैर आबासीयहरु उत्साहित भएका छन्।युरोपको साता ब्यापी भ्रमण सकेर अध्यक्ष घले अगष्ट १३ तारिक बिहिबार बार्सिलोनाबाट कतार प्रस्थान गर्दै छन्।