गैर आबासीय नेपाली संघका अध्यक्ष शेष घले स्पेनमा


बार्सिलोना/ गैर आबासीय नेपाली संघका अध्यक्ष शेष घले युरोप भ्रमणका क्रममा स्पेन आईपुगेका छन्। देशमा भूकम्प जाँदा स्पेनबासि नेपाली समुदायहरु गरेको योगदानको प्रशंसा गर्दै आएका घले धन्यबाद तथा आभार प्रकट गर्न आएका हुन्। युरोप भ्रमणमा रहेका घलेले यसअघि जर्मनी,नेदरल्यान्ड्स, बेल्जियम,लक्जम्बर्ग,फ्रान्सका एनआरएनहरु सँग छलफल गरि सके पछि आज अपरान्ह बार्सिलोना आईपुगे।

अध्यक्ष घलेको उपस्थितिमा आज साँझ नै एनआरएन स्पेनले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रम पछि भने कार्यलय स्थापना सहयोगार्थ च्यारिटी डिनरको कार्यक्रम रहेको संघले जनाएको छ।

युरोप भ्रमणमा रहेका घलेलाई पुन: नेतृत्व लिन चौतर्फी दबाब बढेको छ। युरोपका बिभिन्न मुलुकहरुमा भई रहेका कार्यक्रमहरु सहभागीहरुले घलेलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा यस्तो सुझाव दिएका हुन्। अध्यक्ष घलेले भने अक्टोबरमा हुने एनआरएन बिश्व सम्मेलनको बारेमा केहि बोलेका छैनन्।

 लक्जम्बर्ग र फ्रान्सका गैरआबासीयहरुसँग घलेको छलफल

गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद लक्जम्बर्गको अधिबेशन सम्पन्न भएको छ। संघका केन्द्रिय अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यतामा अधिबेशन सम्पन्न भएको हो। सानो मुलूक त्यसमा पनि कम नेपालीहरु बसोबास गर्ने बताईए पनि कार्यक्रममा नेपाली समुदायको उपस्थिति निकै बाक्लो रहेको थियो।

अधिबेशनले रमेश तयनाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्ब सम्मत निर्बाचित गरेको छ। आईसीसी सदस्यमा हरी बहादुर केसीलाई प्रस्तावित गरेको छ। यस्तै कार्यसमितिको उपाध्यक्षमा बाल किसन सापकोटा,रामकान्त शर्मा,शान्ती सापकोटा,महासचिबमा बिमल बाबु उपाध्याय,सचिब बिजय कडेल र कोषाध्यक्षमा याम बहादुर खत्री चयन भएका छन्।11886183_1166074076742979_6279109674570311639_oलक्जम्बर्गमा सम्पन्न कार्यक्रममा सहभागीहरु :

मंगलबार साँझ नै लक्जम्बर्गको कार्यक्रम सकेर अध्यक्ष घले फ्रान्स पुगेका थिए। घलेको उपस्थितिमा बुधबार बिहान पेरिसमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा घलेले भूकम्पको बेला सहयोग जुटाउने सबै गैर आबासीयहरुलाई धन्यबाद तथा आभार प्रकट गरेका थिए।

कार्यक्रममा फ्रान्सका लागि नेपाली राजदूत अम्बिका देवी लुईटेल,दुताबास उपनियोग प्रमुख राम बाबु ढकाल लगायत फ्रान्स स्थित गैर आबासीयहरु ,संघ सस्थाका प्रतिनिधीहरुको बाक्लो उपस्थिति रहेको थियो।

घलेको भ्रमण सँगै युरोप संयोजक अर्जुन कुमार श्रेष्ठ,उप संयोजक सोम सापकोटा पनि युरोपका एनआरएनसँगको छलफलमा जुटेका छन्। युरोपको साता ब्यापी भ्रमण सकेर अध्यक्ष घले अगष्ट १३ तारिक बिहिबार बार्सिलोनाबाट कतार प्रस्थान गर्दै छन्।11882306_1166732506677136_5943768564428516654_oपेरिसमा सम्पन्न अन्तरक्रिया