स्पेनमा बालबालिकाहरुको भविष्य खोज्दै कास्की समाज


बार्सिलोना । स्पेनमा नेपाली बालबालिकाको भविष्यका बारेमा छलफल हुने भएको छ । कास्की सेवा समाजले “स्पेनका बालबालिकाको भविष्य र चुनौती यसमा सरोकार वला संघ-संस्थाहरुले निभाउन सक्ने भूमिका र अभिभावकको दायित्व” विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको हो ।

समाजले गत मे महिनामा कार्यक्रमको आयोजना गर्ने जनाए पनि देशमा बिनाशकारी भूकम्प गए पछि कार्यक्रम आगामी अगस्ट ९ तारिकलाई सारेको हो ।

समाजले स्पेनस्थित संघ संस्थाहरुका प्रतिनिधिहरु लगायत नेपाली बालबालिकाहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ। बार्सिलोनामा पहिलो पटक समाजले गर्न लागेको औपचारिक कार्यक्रममा सबै बालबालिकाहरुलाई लिएर उपस्थित हुन अभिभावकहरुलाई अनुरोध गरेको छ । कार्यक्रम सफल पार्नको लागि समाजका सदस्य पुष्प केसीको संयोजकत्वमा एक उपसमिति समेत गठन गरिएको छ।

बिदेशमा हुर्केका नेपाली बालबालिकाहरुको मनोबिज्ञान बुझ्न र अभिभाबकहरुलाई बालबालिकाहरुले भोग्नु पर्ने समस्या राख्न अन्तरक्रियामा समय उपलब्ध हुने हुँदा कार्यक्रम उपलब्धि मूलक  हुने अपेक्षा गरिएको छ ।

नेपालबाट परिवार सँगै भर्खर स्पेन छिरेका बालबालिकाहरुले स्पेनिस भाषा लेख्न र बोल्न नजान्ने हुँदा समस्या भोगेका छन् भने फेरि यतै जन्मेर हुर्केका बालबालिकाहरुले नेपाली भाषा लेख्न र पढ्न ठुलो चुनौती भोग्दै आएका छन्।