एनआरएन स्पेनको पहिलो कार्यक्रम सेक्रेट गार्डेन फेस्ता (प्रेस नोट )


प्रेस नोट

भर्खरै सम्पन्न गैर आवासीय नेपाली संघ स्पेनको चौथो अधिबेशन बाट निर्बाचित कार्यसमितिले आफ्नो कार्यकालको पहिलो कार्यक्रम सेक्रेट गार्डेन फेस्ता ( secret garden fiesta ) गर्न लागेको जानकारी समस्त स्पेनबासी नेपाली जनसमुदाय हरुमा गर्दछौ

यही अगस्ट १ तारीख दिनको ४:०० बजे देखी साझ १०:३० बजेसम्म सगरमाथा नामक संस्थाको आयोजनामा सहकार्य गर्दै गर्न लागीएको यस कार्यक्रममा एन आर एन स्पेनको तर्फ़ बाट नेपाली कला संस्कृती प्रबर्दन गर्नु रहेको छ। तसर्थ यथा सम्भब सम्पूर्ण नेपाली हरु आफ्नो संस्कृती झल्कने पोशाकमा उपस्थित भई कार्यक्रमको शोभा बढाई दिनुहुन अनुरोध गर्दछौ |

पुनश्च: यस कार्यक्रम मा एन आर एन को संयोजनमा कला संस्कृती प्रबर्दन गर्ने र कार्यक्रम स्थल मा खाना तथा खाजाको स्टल राख्दै त्यहाँ बाट उठेको रकम मध्ये ५०% आयोजक संस्थाले उनीहरुकै संस्था मार्फत नेपालमा सहयोग गर्ने र बाँकी ५०% एकमुष्ठ एन आर एन ले भुकम्प पिडित राहत कोषमा जम्मा गरिने निर्णयको जानकारी गराउदछौ |
सम्पर्क
मुक्तबहादुर गुरुङ ६३१२४८१०४
उमेश अधिकारी ६३१६७८१३२

कार्यक्रम स्थल
carrer d’Alaba 24, 08005 barcelona