देश पुर्ननिर्माण सहयोगार्थ, युरोपमा श्रीमद भागवत महापुराण


नेदरल्याण्ड्स/
नेपालमा गएको विनकाशकारी भुकम्पमा परि ज्यान गुमाएहरुको सम्झना गर्दै युरोपमा श्रीमद भागवत महापुरण आयोजना गरिएको छ । देश पुर्निमाणका लागि सहयोगार्थ रकम जुटाउने भन्दै युरोपेली मुलुक नेदरल्याण्ड्समा भागवत महापुरण आयोजना गरिएको हो।

जुलाई २१ देखि २३ जुलाई सम्म नेदरल्याण्ड्सको देनहागमा रहेको श्रीराम मन्दिरमा पण्डित श्री तारा निधी निरौला भारद्धाजको प्रवचनमा महापुराण आयोजना गरिएको आयोजकले जनाएको छ।

युरोपका मुलुकहरुमा रहेका सम्पूर्ण नेपालीहरुलाई भागवत महापुराणमा सहभागिताको आह्वावान गरिएको छ। कार्यक्रम तालिका अनुसार माधव पुजा, आरतपुजा पन्जली, श्रीमद भागवत पथ, प्रवचन, आरती पुष्पाञ्जली अभिषेक, भोजन जस्ता कार्यक्रम हुने बताइएको छ ।

पुनर्निमाणका लागि सहयोगार्थ बताईएको कार्यक्रममा नेपाली समुदायबाट उपस्थित भएर कार्यक्रमलाई सफल बनाउन अनुरोध गरिएको छ। आध्यात्मिक कार्यक्रमबाट शान्ति लिन मिल्ने बताउदै कार्यक्रममा सहभागी बन्न आयोजकले आग्रह गरेका हुन्।