एन आर एनका पदाधिकारीहरु सवाल जवाफको कठघरामा


– प्रकाश ढकाल,

कोपनहेगन । एन आर एन डेनमार्कका हालसम्मका सबै पदाधिकारीहरु सवाल-जवाफको कठघरामा परेका छन् । एउटा छुट्टै र डवली संवाद अनि सार्वजनीक सुनुवाई जस्तो रहेको उक्त कार्यक्रमको आयोजना डेनमार्क डबलीले गरेको थियो ।

Screen Shot 2015-07-21 at 21.06.53कार्यक्रम शुरु हुनुभन्दा अगाडी डेनमार्क डबलीका अभियान्ता प्रभात किरणले यसको विषय वस्तुमा प्रकाश पारेका थिए भने कार्यक्रमको सहजीकरण तथा प्रसारण मण्डला अनलाइन रेडियो कोपनहेगनका अजित देवकोटा, जनार्दन अधिकारीले गरेका थिए ।

Screen Shot 2015-07-21 at 21.16.18कार्यक्रममा प्रभात किरण, दिपक पाण्डे, शशि कुमार ढकाल, हेम अर्याल, शशि श्रेष्ठ, लक्ष्मण गैरे,राम प्रसाद काफ्ले, सुमन थापा लगायतहरुको प्रश्नको सामना एनआरएन डेनमार्कका हाल सम्मका पदाधिकारीहरुले गरेका थिए । अधिकांस प्रश्नकर्ताहरुले राहत कोष, संस्थाको वेव साइट, नेपाल कल्चर हाउस, दुतावास र स्थानीय कम्युनहरुसंगको सहकार्य, अनलाइन, सदस्यता सम्बन्धी नयाँ नियम लगायतका प्रश्नहरु गरेका थिए ।

Screen Shot 2015-07-21 at 21.06.30यी प्रश्नहरुको जवाफ पुर्व अध्यक्ष मोहन राज मिश्र, आइ सी सी सदस्यहरु गणेश ढकाल, महेश कंसाकार र हालका अध्यक्ष दिपक सापकोटा र आइसीसी सदस्य सुर्य प्रकाश खनालले दिएका थिए । संस्थापक अध्यक्ष सोम सापकोटा भने कार्यक्रममा निम्त्याइए पनि अनुपस्थित् रहेको आयोजक डबलीले दिएको थियो ।Screen Shot 2015-07-21 at 21.07.07जवाफ दिंदै पुर्व आइसीसी सदस्य गणेश ढकालले एनआरएन डेनमार्क भर्खर वामे सर्दै रहेको र स्थानीय रुपमा नेपालीहरुको अवस्था, वातावरण र संस्थाको खुबी अनुसार नै संस्था चलेको बताए । यसै गरी पुर्व अध्यक्ष मोहन राज मिश्रले आफनो कार्यकालमा नेपालीहरुको लागि अध्यागमन सम्बन्धी परामर्शको लागि निशुल्क रुपमा वकिलको व्यवस्था गरिएको र कल्चर हाउस सम्बन्धी कुरा अगाडी बढाइए पनि आशा अनुरुप काम हुन नसकेको बताए ।

यसै गरी पुर्व आइसीसी सदस्य महेश कंसाकारले एनआरएन डेनमार्कका धेरै खुड्किलाहरु भए पनि सोचे जति गर्न नसकिएको र हामी विदेशमा भए पनि हाम्रो सोच नेपालकै जस्तो भएकोले संथा स्थानीय डेनिस समाजमा घुलमिल हुन अझै नसकेको बताए ।Screen Shot 2015-07-21 at 21.07.24अध्यक्ष दिपक सापकोटाले संस्थाको कोष सम्बन्धी जवाफ दिंदै कोषमा ६९ हजार डेनिस क्रोनर जम्मा भएकोले उक्त कोष आपतकालीन रुपमा चलाउनको लागि विधान निर्माण कार्य अगाडी बढाइएको बताए र नेपाल कल्चर हाउस सम्बन्धी कुराको कार्य पहिलो चरणमा भएकोले निकट भविष्यमा त्यो सफल हुने विश्वाश व्यक्त गरे ।

आइसिसि सदस्य सुर्य प्रकाश खनालले आइसीसी सदस्यले गर्नु पर्ने र निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा प्रकाश पारेका थिए ।

यसैगरी त्यहाँ उठेका प्रश्नहरुको जवाफ एनआरएन युवा संयोजक लोकराज शर्माले पनि दिएका थिए । उनले विदेशमा विविध विधामा  सिप र ज्ञान भएका नेपालीहरुको बारेमा जानकारी दिने उद्धेश्यले केन्द्रले नै कार्य गरिरहेको जानकारी दिए र छिट्टै नै सो सम्बन्धी वेवसाइट आउने जानकारी आँफुलाई प्राप्त भएको पनि बताए ।

सहभागी सबैले अध्यागनम सम्बन्धी र कल्चर हाउस सम्बन्धी कार्यको प्रशंशा गरेका थिए । समग्रमा डेनमार्क डबलीले गरेको सो कार्यक्रम निकै उपलब्धी हुने र बेला बेलामा यस्तो कार्यक्रम हुनुपर्ने सबैको राय रहेको थियो ।

कार्यक्रममा रेक्टर स्केल स्पोर्ट्स क्लबका कृष्ण अधिकारी र नारायण नगरकोटीले सहजीकरण गर्न सघाएका थिए र यस्तो कार्यक्रम गर्न हालको आवश्यकता परे आँफुहरुले सहयोग गर्न सक्ने बताएका थिए । उक्त कार्यक्रम आयोजना भएको हलको बारेमा डेनिस नागरिक याकोबले बताएका थिए र नेपालीहरुलाई सहयोग गर्न पाउँदा खुशी लागेको पनि बताए ।

तस्वीरहरु: नारायण नगरकोटी  (रेक्टर स्केल स्पोर्टस् क्लब, कोपनहेगन)