एनआरएन स्पेनमा सबै पदका लागि सहमति,चुनाब नहुने


वसन्त रानाभाट ,बार्सिलोना/

गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको आगामी नयाँ नेतृत्वका लागि सहमतिमा नै नयाँ कार्यसमिती बन्ने भएको छ। उपाध्यक्ष पदका चार उमेद्वार मध्ये पुरुषोत्तम भट्टराई र यज्ञ नारायण पौडेल (रमेश आशिकी) ले निर्वाचन प्रक्रियामा नजाने सहमति जनाए पछि कार्यसमिती सहमतिको आधारमा नै बन्ने भएको हो।

उपाध्यक्षका उमेद्वार मध्ये दुई जना निर्वाचन प्रक्रियामा नजाने सहमति जनाए लगत्तै समितिको उपाध्यक्षमा गौतम गुरुङ र राजु शमशेर थापा निर्बिरोध भएका छन् ।

चारै जना उमेद्वारहरु बसी भएको छलफलमा दुई जना उमेद्वारले सहमतिका लागि भन्दै चुनाबी प्रक्रियाबाट पछाडी हटे पछि सहमति बनेको हो। सहमति पत्रमा उपाध्यक्ष पदका चारै जना उमेद्वारहरुले हस्ताक्षर गरेका छन्।

यो सँगै आईसीसी सदस्यमा एक राज गिरी, एनआरएन स्पेनको अध्यक्षमा मुक्त बहादुर गुरुङ, उपाध्यक्षमा गौतम गुरुङ र राजु शमशेर थापा,महासचिब उमेश प्रसाद अधिकारी ,सचिव सुनिल रानाभाट कोषाध्यक्ष पेशल कोईराला,महिला संयोजक सीता सिंह महर्जन र युवा संयोजकमा दीपक क्षेत्री निर्बिरोध चयन भएका छन् ।

यस्तै आगामी कार्यसमितिका सदस्यहरु तुलसी प्रसाद शिवाकोटी,चित्त रन्जन वस्ती,दिलनाथ भण्डारी,उमाराज ढकाल,निल बहादुर गुरुङ,अशोक शर्मा नेपाल,कमल बहादुर भण्डारी,सुमित्रा घिमिरे सापकोटा र कालु जिरेल चयन भएका छन्।

जन प्रगतिशिल मञ्च बाहिरियो

गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको कार्यसमितिमा सहभागिता जनाउँदै आएको नेपाली जन प्रगतिशिल मञ्च स्पेनले यस पटक भने कार्यसमितिमा सहभागिता नजनाउँने बिज्ञप्ति मार्फत जानकारी गराएको छ। न्युनतम लचकता अपनाउँदा पनि नमिल्ने देखे पछी बाध्य भएर प्रक्रियाबाट बाहिरिएको मञ्चले जनाएको छ।

आँफुहरु एनआरएन बहिष्कार बाद नभएर अहिलेको कार्यसमितिमा अनुपस्थिति मात्र रहेको बुझ्न समग्र नेपाली समुदायलाई अनुरोध गर्दै समाजको आबश्यकतालाई पूर्ति गर्न सदैब तयार रहेको मञ्चले जानकारी गराएको छ।

संघको चौथो अधिबेशन आगामी जुलाई २६ तारिक आईतबार बार्सिलोनामा हुने भएको छ।

 

 

तपाईको प्रतिक्रिया