दोस्रो जेएसएस कप भव्य रुपले सम्पन्न ।


कोपनहेगन । जनसम्पर्क समिति डेनमार्कले आयोजना गरेको दोस्रो जेएसएस कप फुटबल प्रतियोगीता भव्य रुपले सम्पन्न भएको छ । प्रतियोगीतामा हिमालयन स्पोर्ट्स क्लबले प्रथम स्थान प्राप्त गरेको छ भने युनिटी क्लबले दोस्रो स्थान र तेस्रो स्थान बेल्लाहोए क्लासिक ‘रेड’ तेस्रो स्थान प्राप्त गरेका छन् ।

Screen Shot 2015-07-21 at 10.56.32
फाइनल खेल निकै रोचक मानिएको थियो र बराबर भए पछि अतिरिक्त समयमा पनि कुनै गोल नभेपछि पेनाल्टी शुट आउट मार्फत निर्णय भएको थियो जसमा एक गोलको अग्रताबाट हिमालयन स्पोर्ट्स क्लबले कप उचाल्न सफल भएको थियो । विजेता टिमले कप र १५०० डेनिस क्रोनर नगद पुरस्कार प्राप्त गरेको छ ।

दोस्रो स्थान भएको युनिटी क्लबमा पनि राम्रा खेलाडी थिए र  कम उमेरका खेलाडी भएकोले राम्रो प्रदर्शन गरे पनि पेनाल्टी प्रहार गर्न चुकेका थिए ।

Screen Shot 2015-07-21 at 10.57.46
प्रतियोगीता भरका उत्कृष्ट खेलाडी युनिटी क्लबका सुबित राइ भएका थिए । त्यसैगरी सबैभन्दा बढी गोल गर्ने खेलाडीहरुमा विजेता हिमालयन स्पोर्ट्सका छेरेंन तामाङ्ग, युनिटीका जोसेफ गुरुङ्ग र बेल्लाहोए क्लास्सिक रेड का जीवन खड्का भएका थिए ।

खेल लगत्तै पुरस्कार वितरण कार्यक्रम गरिएको थियो । पुरस्कार वितरण कार्यक्रममा महामहिम राजदुत मुक्तिनाथ भट्ट, एन आर एन डेनमार्कका अध्यक्ष दिपक सापकोटा, एन आर एन युरोप क्षत्रिय उप-संयोजक सोम नाथ सापकोटा, युरोपेली जनसम्पर्क समितिका अध्यक्ष दिल गुरुङ्ग, एन आर एन आइ सी सी प्रतिनिधी सुर्य प्रकाश खनाल, जनसम्पर्क समिति डेनमार्कका अध्यक्ष नवराज आचार्य, ओएनफका अध्यक्ष कृष्ण प्रसाद पौडेल, जनप्रगतिशील डेनमार्कका उदय राज गौतम, जनसम्पर्क समितिका पुर्व अध्यक्षहरु रामचन्द्र पाठक, यामलाल सुवेदी, त्रिलोचन सापकोटा, तथा संस्थापक अध्यक्ष नवीन पौडेल, फुटबल प्रतियोगीताका संयोजक कृष्ण गिरि लगायतको उपस्थितिमा पुरस्कार वितरण गरिएको थियो ।

Screen Shot 2015-07-21 at 11.01.17          प्रथम भएको हिमालयन स्पोर्ट्स क्लबका खेलाडीहरु खुशियाली मनाउंदै

प्रथम पुरस्कारको प्रायोजक स्टप एन सपका संचालक प्रवीन प्रजापतीले गरेका थिए भने, दोस्रो पुरस्कारको प्रायोजक नमस्ते रेस्टुरेन्टका संचालक बबी क्षत्रीले गरेका थिए र तेस्रो पुरस्कारको प्रायोजक हिमालयन रेस्टुरेन्टका संचालक राम महर्जनले गरेका थिए । विजेता टिमलाइ प्रायोजकहरुकै हातबाट पुरस्कार वितरण गरिएको थियो ।

Screen Shot 2015-07-21 at 11.00.23                                 दोस्रो भएको युनिटी क्लबका खेलाडीहरु

अनुशाशित खेलाडीको पुरस्कार राजेन श्रेष्ठले पाए भने उत्कृष्ट व्यवस्थापकको पुरस्कार जेएसएस ट्री टिमका मेनेजर रमेश काफ्लेले पाएका थिए । खेल संचालनमा सहयोग गर्ने सबै अफिसियल र रेफ्रीहरुलाई  प्रमाणपत्र सहित ‘टोकन अफ लभ’ वितरण गरिएको थियो ।

Screen Shot 2015-07-21 at 10.59.35                  तेस्रो भएको बेल्लाहोए क्लासिक स्पोर्ट्स क्लबको ‘रेड’ टिम

पुरस्कार वितरण कार्यक्रममा युरोपेली जनसम्पर्क समितिका अध्यक्ष दिल गुरुङ्ग,  जनसम्पर्क समिति डेनमार्कका  अध्यक्ष नवराज आचार्य, उपाध्यक्ष दिपक रिजाल महामन्त्री बुद्धि सापकोटा, खेलकुद संयोजक कृष्ण गिरि लगायतले खेलाडीहरुलाई धन्यवाद दिंदै सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।

फुटबल खेलाडी पनि सम्मानित
यसै गरी आठ वर्षीय नेपाली बालक खेलाडी सास्वत रानालाई जनसम्पर्क समिति डेनमार्कको तर्फबाट सम्मान गरिएको थियो । उनलाई प्रमाणपत्र र कप सहित सम्मान गरिएको थियो । उनी हालै मात्र डेनमार्कमा रहेको बार्सिलोना फुटबल क्लबको फुटबल एकेडेमीमा छानिन सफल भएका थिए ।

Screen Shot 2015-07-21 at 12.18.24

तस्वीरहरु: नारायण नगरकोटी ( रेक्टर स्केल स्पोर्ट्स क्लब )