कोपनहेगनमा जे.एस.एस.कपको भव्य उद्घाटन ।


कोपनहेगन । जनसम्पर्क समिति डेनमार्क द्वारा आयोजीत दोस्रो जे एस एस कप भव्य रुपमा उद्घाटन संगै सुरु भएको छ । पहिलो दिन पहिलो चरणका लिग म्याचहरु सबै सकिएका छन् ।
आब आज सेमिफाइनलका खेलहरु खेलाइने र फाइनल पनि खेलाइने भएको छ । करीब पांच सय जना नेपालीहरु उपस्थित रहेको बेल्लाहोए खेल मैदानमा १२० जना खेलाडी मात्र रहेका थिए ।

Screen Shot 2015-07-19 at 11.30.43
नेपाली नेपालीहरु बीच भाइचारा वृद्धि तथा आपसी सदभाव कायम राख्ने उद्धेश्य सहित आयोजीत खेल कार्यक्रमले साँच्चै नै उद्धेश्य सफल हुनेमा दुइमत छैन । खेलाडीहरुको जोश र जाँगर देख्दा लाग्थ्यो डेनमार्कमा खेलाडीहरुको कमि छैन ।

राजदुतबाट उद्घाटन
खेल प्रतियोगीताको उद्घाटन डेनमार्कका लागि राजदुत मुक्तिनाथ भट्टले गरेका थिए र उनले सबै खेलाडीहरुलाई शुभकामना दिएका थिए ।
खेलमा कुनै कुराको कमि आउन नदिएको खेल संयोजक कृष्ण गिरिले बताए । पहिलो चरणका खेलहरु सफलता पुर्वक सम्पन्न भएकोमा उनले खुशी व्यक्त गरे । जनसम्पर्क समितिका अध्यक्ष नवराज आचार्यले बताए अनुसार सबै नेपालीहरुको उत्साहले नै खेल कार्यक्रम सफल हुनु हो । खेल मैदानमा उल्लेख्य उपस्थितिबाट जनसम्पर्कले अझ बढी दायीत्व बोध गरेको पनि उनले बताए ।

Screen Shot 2015-07-19 at 11.31.52

कस्ता कस्ता टिम थिए र कस्तो रह्यो पहिलो चरणको लिग खेल ?
यस पटक १२ टिमको सहभागीता रहे पनि को कस्तो टिम थियो छुट्याउन गारो परेको थियो । अझ रोचक पक्ष त भुटानीहरुले सहभागीता जनाएको एक टिम ड्रुक ड्रागन टिमका कुनै खेलाडी पनि कस्ता थिए भन्ने सम्म थाहा थिएन किनकि उनीहरुलाइ मैदानमा मात्र पहिलो पटक सबैले देखेका थिए । तर निकै राम्रा खेलाडी रहेको उक्त टिम भने लिगबाट बाहिरिनु पर्यो । सेमीफाइनलमा हिमालयन स्पोर्ट्स क्लब ‘ए’, पासा पुचा, बेल्लाहोए रेड र युनिटी का टिमहरु पुगेका छन् ।

को को बाहिरीए ?
आयोजक टिम ‘जेएसएस फो स्टार’ निकै राम्रो मानिएको थियो । क्याप्टेन नविन पौडेलले निकै राम्रा खेलाडीहरु सामेल गरी सो टिमको नेतृत्व गरे पनि कपको दावेदार मानिएको उक्त टिम बाहिरिएको छ, उक्त टिमबाट खेल्ने सुमित खड्का निकै राम्रा खेलाडी थिए र अघिल्लो वर्षको प्रतियोगीतामा बेस्ट स्कोररको उपाधी पनि पाएका थिए ।

Screen Shot 2015-07-19 at 11.34.48
यसै गरी रेक्टर स्केल लो पनि निकै राम्रो टिम रहेको थियो । राम्रा खेलाडीहरु सामेल रहेको उक्त टिम पनि कपको दावेदार मानिएको थियो तर उक्त टिम ग्रुप डी अन्तर्गत परेको थियो जुन यो पटकको खेल प्रतियोगीतामा ‘ग्रुप अफ डेथ’ मानिएको थियो जहाँ युनिटी, ड्रुक ड्रागन र रेक्टर स्केल लो थिए । एम टिम मात्र सेमिफाइनल जाने हुनाले ड्रुक ड्रागनलाइ बराबरीमा रोक्दै  र रेक्टर स्केल लाइ पराजीत गर्दै युनिटी सेमिफाइनलमा गयो । रेक्टर स्केलका कप्तान दिपक रानाभाट ले बताए अनुसार युवा र क्लबबाट खेल्ने खेलाडी हरुसंग खेल्न सबैलाई गारो नै हुने भएकोले हार भन्दा पनि खेल खेल्नु ठुलो कुरा भएको बताए ।

Screen Shot 2015-07-19 at 11.32.32
यसैगरी  भेट्रान खेलाडी रहेको हिमालयन स्पोर्ट्स ‘बी’ पनि बाहिरियो । यस्तै रेक्टर स्केल ‘हाइ’, आयोजकको टिम जेएसएस ‘ट्री’, ओएनएफ, बेल्लाहोए ‘ब्लु’ पनि पहिलो चरणबाट बाहिरीएका छन् ।

पहिलो चरणमा राम्रो प्रदर्शन गर्नेहरुमा जीवन खड्का, पेमा लामा, प्रशान्त श्रेष्ठ, निरज श्रेष्ठ, गोलकीपरमा प्रदीप सुवेदी र सन्देश श्रेष्ठ रहेका थिए । धेरै उत्कृष्ट बचाउ गरेका सुवेदी रेक्टर स्केल ‘हाइ’ बाट र श्रेष्ठ जेएसएस ‘ट्री’ बाट खेलका भए पनि उक्त दुवै टिम सेमिफाइनलमा पुग्न सफल भएनन् ।

कसले जित्ला कप ?
यो वर्षको प्रतोयोगीतामा कप कसले जित्ने भन्ने सबैलाई परेको छ । निकै राम्रा खेलाडीहरु सामेल यसपटकको खेल प्रतियोगीतामा यसले जित्छ भनेर यकिन गर्न नसकिने अवस्था भएको छ । तही पनि हिमालयन स्पोर्ट्स ‘ए’ र युनिटी फाइनलमा भिड्न सक्ने अड्कल काटीए पनि बेल्लाहोए रेड पनि राम्रो टिम मानिएको छ । तर नतिजा हेर्नको लागि आज बेल्लाहोए खेल मैदान भने जानै पर्छ ।