धर्म प्रतिको मेरो बिचार


रोजी लाबुड० ( राई )

मैले धेरै पत्रपत्रीकाहरु मा धेरै सभ्य पढेलेखेका बिद्द्वानहरुको भनाईहरु पढ़ें केवल धर्मको बारेमा बहस गरेको धर्मको बारेमा किनबेच भएको धर्मलाई राजनीति सामाजिक आर्थिक मुल्यमान्यतामा दाँजिएको सायद म पुर्णरुप ले सभ्य शिक्षित बिद्दुबान नभएर हो कि।

साह्रै यो धार्मिक कुरामा भैरहेको बहसहरु उचीत लागेन कारण मेरो बुझाईमा धर्म यस्तो चिज हो जो मान्छेले आफ्नो अन्तर हृदयबाट निस्वार्थ भाब अनि ब्यबहारले स्वीकारे को हुन्छ यसमा नत करकाप हुन्छ नत कुनै किनबेच नै धर्म यस्तो चिज हो यो केबल हामीहरु ले आफ्नो आत्माबाट सुद्द पवित्र मन बचन र कर्मको साथ स्वीकार गरेर बिश्बास मा पुर्णरुप ले समर्पित हुन्छौं । हैन र ?

पैसामा बिकेर दबावमा दबीएर क्षणभर को लागी अभिनय रुपी धर्म र बिचार परीवर्तन गरेको नाटक गर्दैमा त्यसलाई धर्मको संज्ञा दिन उचीत हुन्छ र ? समाजिक आर्थिक राजनैतिक परीबेशलाई हतियार बनाएर नाटकीय रुपमा दिखाबा को लागी गरेको समर्पणलाई कसरी धर्म परीवर्तन भन्ने ?

यस्तो ब्यबहार अनि क्रियाकलाप त मेरो नजरमा मानब समाजको लागी एउटा ठुलो भ्रम धोका बिकृतीअनि घातक सिद्द समाज पतनको लागी उब्जीएको झुठो समाजिक बिसंगती हो । हजुरहरु लाई कस्तो लाग्छ ? हामी मानब चेतनशीत प्राणी त हौं तर किन हाम्रो चेतनालाई कहिले सहि मार्गमा सहि दिशा तिर मोड्न खोज्दैनौं ? जानीबुझी हामीहरु कतिपय ब्यक्तीत्वहरु यति सम्म निच पतीत घृणित बाटोमा हिडी रहेका छौं ।
सुमार्ग लाई त्यागेर लत्याएर जानी जानी अन्धकारमा आफुले आफैलाई धकेलीरहेको छौं ।

यो मानब समाज कतिपय यस्तो छ जहाँ अन्जानमा मान्छेहरु को किनबेच हुन्छ हत्या हिंसा हुन्छ बलात्कार हुन्छ बाहिरी रुपमा या आन्तरिक रुपमा यस्ता अनेकों जन्जीर निर्मम भयानक घटनाहरु दिन प्रति दिन जसो घटीरहेको हुन्छ । मिनट मिनटमा सेकेण्ड सेकेण्ड मा मानब धर्मको अस्थित्व लुटी रहेको छ लोप भैरहेको छ । त्यसमा न कसैले आवाज़ उठाउछौं न कसैले कुनै कलम चलाउछौं नत कसैले प्रतिकार गर्न खोज्दछौं सकारात्मक पक्षमा अडिक बनेर ।

तर.धर्मको नाममा भने साना साना कुराहरु माध्यम बनाई त्यसलाई ठुलो अनि अनावश्यक कुराहरु को सम्मिश्रण गरी नानाभातीका समाजमा पच्न समेत नसक्ने गाली बिरोध आरोप प्रतिआरोपहरु को बर्षा गरीरहेका हुन्छौं । हैन कति सम्म हामीहरु गीर्न अनि अरुलाई गिराउन मात्र माध्यम खोजी रहन्छौं अनि युक्तीहरु रचीरहन्छौं। के यसो गर्नु राम्रो अनि फ़ायदा जनक र युक्ती संगत नै छ त ?

कुनै एउटा क्रिस्टीयनले नराम्रो काम गर्यो भने सारा सम्पदा समुदाय लाई नै दोष थुपार्ने कुनै एउटा हिन्दुले गल्ती गरे सबै हिन्दु सामुदाय लाई नै तथानाम गाली दिने एउटा मुस्लिम ले गल्ती गरे सबै मुस्लिम लाई बहिष्कार गर्ने एउटा बुद्धिष्टले केही बिराए सारा बौदिष्ट सम्प्रदाय लाई न अपहेलना गर्ने ? यो त भएन नी ! यो २१सौं सताब्दी हो हामी सबले सबै धर्मको बारेमा ज्ञान लिन सक्छौं सबै धर्मग्रन्थहरु अध्ययन गरेर त्यसमा लेखीएको बास्तबीक कुराहरु नियाल्न केलाउन सक्छौं के सही के ग़लत छुट्टाउन सक्छौं नि हैन र।

कुनै पनि कुराहरु लाई कुनै बस्तु ब्यक्ती हरुलाई कुनै धर्म सम्प्रदाय हरु लाई गल्ती साबित गर्न अघि कमीकमजोडीहरु औंल्याउन अघि त्रुटीहरु देखाउन पहिले के त्यसको बारेमा हामीले केहि तथ्य निचोड़ कुराहरु को अवलोकन गरेको छौं त ? त्यो भित्र बास्तवमा के समेटीएको छ पहिले बुझ्ने जान्ने ज्ञान लिने गरौं बास्तवाकती नबुझी अरुले भनेको भर अरुको खण्डन गर्दै पछि नदौंडीऔं २१सौं सताब्दी मा आएर पनि कागले कान लगो भन्दा कान नै नछामी कागको पछि लाग्नु भनेको कति सम्म हास्यप्रद र कति सम्म पछाडिएको हाम्रो मनःस्थिति त्यो पनि स्मरण गर्ने बानी बसाऔं ।

सबै धर्मसास्त्र हरु अध्ययन गरौं हामीले जुनसुकै धर्मसास्त्र हरुको बारेमा बुझ्न पढन पाउने स्वतंत्रता को हामीले उपयोग गरौं ताकी हामीले अरुले भनेको भर अरुको पछाड़ी केही बास्तवीक कुराहरु नबुझी दौडिन नपरोस् । हामीले दौडन सुरु गर्न पहिले नै हाम्रो गन्तव्य कहाँ सम्मको हो त्यो थाहा पाउन ज़रूरी छ यदि हामीले आफ्नो गन्तव्य पहिले नै थाहा पाएको छौं भनें त्यहाँ पुग्नको लागी हामीले पहिले नै बाटोहरु पत्ता लगाउने कोशिश गर्दछौं ।

अनि अन्तमा सजिलै संग हामी हाम्रो यात्रा मा सफल हुने छौं अनि निश्चय नै निश्चित समयमा हामी आफ्नो रफ़्तार लाई पुरा गर्ने छौं कुनै बाटोहरु नबिराई जस्तो लाग्छ । यो सिर्फ़ मेरो अनुभब मेरो अनुभूति मात्र हो सायद हजुरहरु संग मेल खान नसक्ला मैले जति पनि बुझे अनुसार पढे अनुसार अवलोकन गरे अनुसार कुनै धर्म सम्प्रदाय अनि कुनै धर्म ग्रन्थहरु मा कुनै नराम्रो गल्ती ज्ञान शिक्षा पाईन ।

कुनै धर्म सम्प्रदाय या धर्मसास्त्र मा धर्मको हिंसा धर्मको किनबेच जस्ता कुराहरु भेटीन धर्म त केवल निस्वार्थ भाव निस्कलंक ब्यबहार ले आफ्नो आत्माबाट अंकुरित भएको एउटा चोखो अनि पवित्र आत्माको बिस्बास हो भन्ने बुझे । नत कुनै हत्या हिंसाको कुराहुन्छ नत कसैलाई ठगी चोरी ढाँटी बलात्कार जस्ता कुबिचार को बारेमा ब्याख्या गरेको हुन्छ नत कसैलाई घृणा अपहेलना गर्नु भनेर बाटो देखाएको हुन्छ ।

सबै धर्मसास्त्र हरुमा आफ्नो आफ्नो धर्मको आफ्नो आफ्नो नियम छ बिशेषता छ तर कति पय हाम्रो समाजमा धर्मको देखावटी खाश्टो ओडेर नाम धारी धार्मिक गुरु प्रचारक बनेर गलत प्रचार प्रसार गरेर मानब समाजमा धर्मको नाम मा झुठो अनि अनावश्यक फ़ायदा उठाउन पछि परेका छैनन् । केही केही खराव ब्यक्ती सामुदायहरु बाट धर्मको बेइज़्ज़त भैरहेको छ तर कसैले गलत प्रचार प्रसार गर्यो मौकाको फ़ायदा उठायो भन्दैमा त्यो धर्मनै नराम्रो ख़राब हो भन्न मिल्दैन जस्तो लाग्छ ।

हामीहरु ले जुन सुकै धर्म संस्कार किन्न बेच्न जनसंख्या बढाउन सक्छौं होला कुनै स्वार्थ अनि लोभ र प्रलोभनमा परेर तर यो सोच्न ज़रूरी छ हामीहरु ले कहिले पनि आत्मा र बिश्बास लाई किनेर आत्मा र बिश्बासको जनसंख्या कदापि बढाउन सक्दैनौं । हामीले संख्यात्मक रुपमा बृद्दि गराउने हैन आत्मीकी रुपमा बृद्दि गराउने ध्येय राख्नु पर्दछ । हामी चाहे जुन सुकै धर्म अनि सम्प्रदाय लाई बिश्बास गरौं या अपनाऔं हामीले कुनै लोभ देखाएर प्रलोभनमा पारेर बहुमूल्य उपहार दिएर अनेकौं आर्थिक प्रलोभन देखाएर डर त्रासले धम्काएर अरुलाई आकृष्ट बनाउने हैन आफ्नो ब्यबहार त्याग निस्वार्थभाब प्रेम स्नेह सहयोग जस्तो स्वार्थरहित ब्यबहार ले मान्छेहरु लाई आकृष्ट बनाऔं।

आफ्नो धर्म सम्प्रदाय को संख्या मात्र बनाउने होडबाजी मा हैन सबै ले मानब धर्मलाई पनि बिचारौं अनि मानब धर्मको बिकास गरौं । कुनै पनि धर्ममा रहेका ब्यक्ती धर्मगुरुहरु बाट भएको ग़लत कुराहरु लाई मात्र अंकित गरेर नराम्रो पक्षहरुलाई मात्र औंलाएर समाजमा बिकृती बिसंगती नफैलाऊ उनीहरु बाट भएको राम्रो पक्षहरुलाई पनि आत्मासाथ गरौं मनन गरौं एक आपसमा आरोपप्रति आरोप लगाउने हैन सबै धर्ममा भएको राम्रो उदारणीय पक्षलाई पनि प्राथमिकता दिने बानी बसालौं ।

कुनै एक ब्यक्ती अनि कुनै गलत सम्प्रदाय हरुले गरेको गल्तीहरु लाई मुख्य बिषय बनाई मानब धर्म अनि मानब सभ्यता लाई हत्या हिंसा झगडा बलात्कार एक आपसमा आरोप प्रतिआरोपहरु को बिजन नरोपौं कुविचार कुकर्महरु लाई पन्छाएर सुविचार सुकर्म मा मनस्थीती लाई तल्लीन बनाऔं । प्रेत्यक ब्यक्ती ब्यक्ती प्रत्येक घर गाँऊ समाजमा हामी मानब धार्मिक सहिष्णुता को बिकास गर्न तिर अग्रसर बनौं कुनै धर्म को जनसंख्या बढाउने र सम्प्रदाय बढाउने आथिर्क उन्नती बढाउने उद्देश्य ले हैन सिर्फ निस्वार्थ भावना र सोच बिचारलाई ,प्रेम र बिश्वासलाई सहयोगी ब्यबहार र मेलमिलापलाई बिषय बस्तु बनाई हामी जागौ उठौ ।

अनि हामी सबैमा यस्तो परीवर्तन ल्याउन सकियो भने हाम्रो सबै गाँऊ घर समाज राष्ट्र अनि बिश्व नै एक दिन सुन्दर सान्त अनि मनमोहक बन्ने छ । हामीले कुनै स्वर्ग खोजी रहनु पर्दैन कुनै पुजापाठ योग्य पुराण लगाई रहन पर्दैन स्वर्गको बास पाउनुलाई यहि पृथ्बीनै हाम्रो लागी स्बर्ग बन्ने छ । जरुर तपाई हामीहरु मा भएको सबै सकारात्मक पक्ष ब्यबहार सोचाई दया करुणा प्रेम निस्वार्थता आदि इत्यादि जस्तो सकारात्मक बिचार र ब्यबहारहरु ले जति पनि तपाई हामीले जो त्यस्तो ब्यक्ती देखेका छौं पैसामा धर्म किनबेच गर्ने सामुदाय त्यो ब्यक्ती धर्मको नाममा १००% कलंक हो ।

सत्य र साँचों कुरा बुझेर जसले जुनै पनि धर्म या सम्प्रदाय मा बिश्बस गर्दछ अनि आफ्नो जिवन लाई त्यसैमा लिप्त बनाई जिवन यापन गर्दछ आफ्नो सारा विश्वास लाई आत्मा साथ गर्दै त्यही बिस्वास मा जिवन अर्पण गर्दछ चाहे उ जुन सुकै धर्म अनि सम्प्रदाय को किन नहोस् उसले कहिले पनि अरुलाई पैसा लगायत अन्य कुराको प्रलोभन देखाएर प्रचार प्रसार पनि गर्दैन र अाकृष्ट बनाउन उसले कुनै देखाबटी नाटक पनि गर्दैन अझ जसले पुर्णरुपले ख्रिश्टीयन जिवनको बारेमा बुझेर जिबन परीबर्तन गर्नु भएको छ वहाँ हरुले कदापि पनि कसैलाई धर्म परीबर्तनको बारेमा कुरा उठाउनु हुन्न पैसा र अनेकौं कुराहरुको प्रलोभन देखाउने बारेमा त परै छोडौं ज जस्ले अनेकौं कुराको प्रलोभन देखाऊदै धर्म परीवर्तन को कुरा गर्दछ त्यो सबै धर्मको नाममा कलंकको प्रचार प्रसार हो भनेर सोच्दा हुन्छ त्यो सिर्फ स्वार्थ को लागी नामधारी ख्रिश्टीयनहरु हो असल ख्रिश्टीयनहरु ले कहिले धर्म परीबर्तनको कुरा गर्दैनन् उनीहरुले सिर्फ जिवन परीवर्तन को कुरा गर्दछन् ।

हामीले कुनै धर्म परीबर्तन गरेर केहि पनि पाउन सक्दैनौ पाउन त सक्छौ सिर्फ क्षणीकता मा सवार गर्ने क्षणभरको सुख सुबिधाहरु स्बार्थका भोगबिलासहरु । हामीले वास्तव मा धर्म होईन जिवन परीबर्तन गर्न सक्नु पर्दछ सायद जिवन परीवर्तन भन्दा हजुरहरुले अनेकौ तर्क बितर्कका कुरा हरु प्रश्नहरु गर्न सोच्न सक्नु हुन्छ होला । तर जिवन परीवर्तन भन्दैमा यसलाई अन्य अर्थ लगाएर टिक्काटिप्पणी गर्न पनि जरुरी छैन । हामीले यदि कुनै पनि धर्म अनि सम्प्रदाय मा बिश्बास गर्दछौं भने आखिरमा के सहि हो के गलत हो ?

यसले भन्न खोजेको वास्तबीक अनि निचोड़ कुरा के हो ? हामी कतै केहि नबुझी अरुले गरेको कुराको भरमा त दौडि रहेका हिडी रहेका छैनौं ? यो पनि सोच्न जरुरी छ जव हामी सबै तथ्य कुराहरु बुझ्न नियाल्न सक्षम हुन्छौं तब हामीले आफुलाई के गर्दा कसो गर्दा ठिक लाग्छ त्यसको निर्णय हामीले गर्न सक्नु पर्दछ । हामीहरुले नाकारात्मक पक्ष हैन सकारात्मक पक्षहरु लाई हाम्रो जिवनको लक्ष्य अनि प्राप्ती को मुल आधार सोचेर अगाडी बढ़नु पर्दछ यदि साँच्चीकै तपाईले कुनै धर्मको नाममा कुनै धर्मलाई अपनाउनु भएको छ भने के मैले मेरो जिवनमा भएको पुराना नराम्रो ब्यबहारहरु लाई सुधारेको छु त ?

यदि तपाई कुनै धर्ममा बिस्वास गर्नु हुन्छ भने तपाई अवश्य निस्वार्थ भावनाले स्वच्छ विचारले निश्कलंकप्रेमले आफ्नो दैनिक जिवन यापन गरी रहनु हुने छ ।तपाईको हरेक ब्यवहारमा हरदम हरपल हरहमेशा निस्वार्थ ब्यवहार अनि तपाईको ब्यक्तीत्वको परीचय आफसे आफ झल्काई रहन्छ तपाईको हरेक क्रियाकलाप हरु मार्फ़त । जसले बुझेर कुनै धर्म अनि सम्प्रदाय अपनाएको हुन्छ उसले पल पल सदाचार सुविचार निस्वार्थता प्रेम मेलमिलाप दया त्याग यस्तै यस्तै सदगुणहरु द्बुवारा आफुलाई हमेशा हमेशा परीबर्तन गरी रहेको हुन्छ ।

अनि अझ बढी उसले बाटोहरु माध्यमहरु खोजीरहेको हुन्छ सरल अनि सफल जिवन बनाई क्षणीक सुख सयल मा जिवन ब्यथीत गर्न होईन अनन्त अनन्त सम्मको लागी आत्मीकी खुसी अनि सुख समेट्न । मलाई लाग्छ हामीहरु यो संसारमा कोही पनि ब्यक्ती छैनौं बिना गल्ती बाँच्नेहरु अनि यो स्वभाबीक पनि हो हामी मान्छे हौं चेतनशील प्राणी हौं हामीहरुमा गल्तीहरु हुन्छ हामीहरु बाट गल्तीहरु हुन्छ तर हामीहरुले आफ्नो भुलहरु आफ्ना गल्तीहरु लाई स्वीकार्न सक्नु पर्दछ आफ्ना गल्तीहरु लाई मानी लिनु पर्दछ ।

हामीहरु ले जहिलै पनि नम्र भएर पश्चतापी हृदय लिई गलत कुराहरु लाई पन्छाएर सहि योग्य कुराहरु लाई आत्मा साथ गर्दै अगाडी बढन हरदम कोसीष गर्नु पर्दछ । यदि निरन्तर हामी सहि कुराहरु लाई अंगालेर अगाडी बढ्यौं भने सत्यतालाई आत्मासाथ गर्दै हाम्रो दैनिक जिवनमा लागु गर्यौं भने हामी अवश्य पनि एक दिन पुर्णरुपले मानबिय धर्मबाट निपुर्ण हुने छौं सुन्दर संसारमा मेलमिलाप प्रेम बिश्बास निस्वार्थता सहयोग आदर आदि इत्यादिको फुल फुलाउन सक्नेछौं ।

बुधबारे -५ झापा
नेपाल -हाल यु .के