बर्षाका कारण पोखरा दामोदर खेत वरपरका स्थानीय बिस्थापित


– मोहोन राज बराल
गत बुधबार आएको अविरल बर्षासँगै पोखरा १७ छोरेपाटनको रानीबन नजिक रहेको दामोदर खोला बढ्दा त्यहाँ दामोदर खेत देखी छोरेपाटन चौकी पारीसम्मका करिब ३० घर डुबानमा परेका छन्।

बर्षौ पुराना भुवान पुरेर प्लटिङग गरेको कारण पनि घरहरुलाई बढी असर परेको स्थानिय शितल चौतारी टोल बिकास संस्थाका अध्यक्ष ईश्वरीप्रसाद लम्सालले जानकारी दिए।

वर्षाका कारण घरमा असर परे पछि स्थानीय माया न्यौपाने र बिष्णु माया पौडेल छोरेपाटन शितल चौतारा स्थित सामुदायिक भवनमा शरण लिएका छन्। यस्तै पोलियो रोगले समेत पिडित पोखराको एक निजी स्कुलका शिक्षक मोहन बिश्वकर्माको घरको भित्ता चार ईन्च लच्छेको कारण आफन्तको घरमा शरण लिईरहेको नेपालीनेपाली डट कमलाई जानकारी गराए।

पानीको निकाश नगरिकनठुला ठुला भुवन पुरेर जग्गा प्लटिङग गरेका कारण यस्तो अबस्था आईपरेको पुराना स्थानीय बासिन्दा एबं समाजसेवी तुलसीराम बराल बताउँछन्। घरमा बस्न नसकेर अर्काको शरणमा पुग्दा पनि सरोकारवलाहरुले कुनै चासो नदिदा स्थानियहरुले आक्रोश ब्यक्त गरेका छन्