एनआरएन स्पेनमा जनप्रगतिशिल मन्च सहभागी बनेन (प्रेस बिज्ञप्ति)


आदरणीय स्पेनबासी दाजुभाई तथा दिदीबहिनीहरु, न्यानो अभिबादन ।
एन .आर .एन स्पेनको आसन्न चौथो अधिबेसनको लागि हाम्रो संगठनिक सहभागिता किन रहेन त भन्ने सवालको जवाफ दिने पर्ने भएकोले छ । एन आर एन स्पेनले निर्माण गरेको समन्वयको टेबुलमा बसिरहदाका अहिले सम्म स्पेनमा सहमतिमै नेर्तित्व निर्माण गर्ने प्रचलनलाई अहिले पनि निरन्तरता दिनु पर्छ र सबै संगठनहरुको सम्मानजनक सहभागिता रहनु पर्छ जसले देसमा आएको आपतकालीन महाभूकम्प पछिको देस पुननिर्माणमा सकारात्मक भूमिका खेल्न साथै स्पेनमा रहेका समस्या समाधानमा प्रभाबकारी भूमीका निर्माण गर्न सक्छ भन्ने हाम्रो संगठनको बुझाई रहयो । जातीय, क्षेत्रीय सस्था साथै समग्र स्पेनबासीको चाहनालाई ठुला भनाउदा संगठनहरुको कारण सफल पार्न सकिएन सहमतिको अन्तिम टेबुलमा बस्दै गर्दा बिहान १२ बजे बोलाईएको बैठक उम्मेदवारी दर्ताको अन्तिम समय भन्दा एक घण्टा पहिले जन सम्पर्क समिति र प्रबाशी मंचको पूर्ण मिलेमतोमा हामीलाई चिप्लाउने षड्यन्त्र स्वोरुप साँझ ८ बजे बोलाइयो । समन्वय समितिका संयोजक आफै उम्मेदवार रहेकोले समग्र सहमति भन्दा पनि आफुहरुको जितको लागि प्रयन्तरत रहेको अनुभूति भयो ततपश्चात हाम्रो संगठनले आफुले उपस्थिति मात्र जनाएर पनि सहमति हुन्छ भने समाजका राम्रा मान्छे जसले कुनै राजनैतिक संगठनको सदस्य नभई एन आर एनको नेर्तित्व्मा जान पाएका छैनन उनीहरुको अवाज अन्तिम समय सम्म उठाएको थियो । हामी केहि हद सम्म सफल हुन लागेका थियौ हामीले मूल नेर्तित्व्मा उपाध्यक्ष सरह महिलाको उपस्थिति गराउनु पर्छ भनेर वर्तमान महिला संयोजक सितल भुर्तेल भुसाललाई प्रस्तुत गरेका थियौ आधा आकाश ओगटेका महिलाहरुको कुरा राख्दा उल्टै सितल भुर्तेल भुसाललाई राजनैतिक रंगले पोतियो बदनाम गर्न खोजियो जुन लज्जास्पद छ ।
सहमतिमा हामीले अत्यन्तै लचक हुदै रमेश आशिक संगठनको तर्फबाट र सितल भुर्तेल महिलाहरुको तर्फबाट गरि दुइ उपाध्यक्ष सुनिल रानाभाट (स्वतन्त्र ) सचिब ,दिपक क्षेत्री (स्वतन्त्र ) युवा संयोजक रहने गरि अन्य पदमा दाबी नगर्ने भन्दै न्युनतम लचकता अपनाउदा पनि नमिल्ने देखे पछी बाध्य भएर उनीहरुको षडयन्त्र चिर्नको लागि हामीले उमेद्वार दर्ता गरेका थियौ । हाम्रो उम्मेदवारी दर्तासंगै साँझ ३ जना जन-सम्पर्क समितिका उम्मेदबारको सामाजिक संजालमा बिज्ञप्ति आएपछी उहाहरुको आसयलाई सकारात्मक रुपमा ग्रहण गर्यौ( जुन बिज्ञप्ति २ दिन टिकेन ) र बरु बाहिरै बसौ हाम्रै कारणले चुनाब हुनु हुदैन भन्ने संगठनिक निर्णय गरियो ततपश्चात एउटा बैठक समन्वय समितिका संयोजक एकराज गिरि र दुइ अध्यक्षका प्रत्यासी गोपाल रेग्मी ,मुक्त गुरुङ, निर्बाचन समितिका संयोजक र सदस्यसंग बसेर निर्बिरोध गराउने निकै प्रयास गरेका थियौ । हाम्रो संगठनको जिम्मेवारी हामीले लिने र अन्य उम्मेदवारको जिम्मेवारी समन्वय समितिका संयोजक र अध्यक्षका प्रत्यासी मुक्त गुरुङले लिने सहमति भएको थियो ।
आफुलाई समाजको ठेकेदार सम्झे पछी के नै लाग्थ्यो र सहमति गराउनु त कहाँ कहाँ उल्टै उम्मेदवारहरु माँझ आफ्नो संगठन विस्तार गर्ने योजना लिएर पुगेको पाइयो त्यसकारण पनि हामीलाई नेर्तित्व स्वीकार्न असहज भयो जुन कार्यको हामी खेद प्रकट गर्दछौ । अन्तिम प्रयासमा पनि सफल नभएपछी हामीले हाम्रो कारणले चुनाब हुनु हुदैन भन्ने निर्णय गरिसकेकोले यो पटक एन आर एनको कार्य समितिबाट बाहिर बस्ने निर्णय गरेका हौ यसलाई एन आर एन बहिस्कार नभएर अहिलेको कार्यसमितिमा अनुपस्थिति भनेर बुझ्न समग्र नेपाली दाजुभाइ तथा दिदिबहिनिहरुलाई अनुरोध गर्दछौ । लोकतान्त्रिक पद्दतिको वकालत गर्नेहरुको हैसियत पनि छरप्रस्ट भएको यस अबस्थामा हामी संगठनिक सहकार्यलाई जीवित राख्नु पर्छ भन्ने मान्यता राख्दछौ । जसरि भूकम्प पिडित राहत संकलनमा पुरै स्पेन एकीकृत भएको थियो केहि व्यक्तिको पदलोलुपता र जिम्मेबारबिहीनतालाई कारण देखाउदै तोड्नु हुदैन नयाँ परिस्थितिको आंकलन गर्दै समाजको आबस्यकतालाई पूर्ति गर्ने गरि अगाडी बढ्न हामी सदैब तयार रहेको जानकारी गराउदछौ साथै भुलभुलाहटमा फिर्ता लिने क्रममा छुट्नु भएका हाम्रा सहयात्री कमरेड रमेश पौड्याललाई उहाले निकालेको विज्ञप्तिलाई मध्यनजर राख्दै संगठनमा स्वागत गर्दछौ ।
-गंगा प्रसाद भुसाल
अध्यक्ष
नेपाली जन-प्रगतिसिल मन्च(स्पेन )।