जे एस एस कप फुटबल प्रतियोगीतामा लिग खेल खेलाइने


– प्रकाश ढकाल 

कोपनहेगन । जनसम्पर्क समिति डेनमार्कले आयोजना गर्न लागेको दोस्रो जे एस एस कप फुटबल प्रतियोगीता लिग म्याचको रुपमा खेलाइने भएको छ । सो कुराको जानकारी आज आयोजीत पत्रकार भेटघाट तथा ग्रुप डिभिजन कार्यकममा जानकारी दिइएको हो ।

जनसम्पर्क समितिका अध्यक्ष नवराज आचार्य ( नवीन ), महामन्त्री बुद्धि सापकोटा तथा खेलकुद संयोजक कृष्ण गिरीले आज आयोजीत उक्त कार्यक्रममा खेलाडीहरुबीच सो कुराको जानकारी दिएका हुन् ।

खेल कस्तो खेलाईदै छ भन्नेमा सबैको कौतुहलता रहेको थियो र उक्त कार्यक्रम पश्चात सबैको कौतुहलता मेटिएको छ । नकाउटका आधारमा खेल खेलाउँदा मौका नपाउने सम्भावना र एक खेल हारेको खण्डमा बाहिरिनु पर्ने स्थिति आउनेमा अब सबै टिमको लागि मौका प्राप्त भएकोले दोस्रो चरणमा पुग्ने सम्भावना रहने भएकोले लिग खेल खेलाएर जनसम्पर्क समितिले निकै राम्रो कामको शुरुवात गरेको सबै खेलाडीको भनाइ रहेको थियो ।

यस पटकको खेलमा अधिकांस व्यवसायीक अम्पायर रहने आयोजकले बताएका छन् ।
प्रतियोगीता आयोजनास्थल बेल्लाहोएको खेल मैदानको छेउमा आयोजीत कार्यक्रममा खेलाडी तथा टिम मेनेजर र क्याप्टेन सहितको रोहबरमा ग्रुप डिभिजनको लागि गोलाप्रथा अनुसार टाई सिट बनाइएको थियो । जसअनुसार निम्न ग्रुप अनुसार लिग खेल खेलाइने छ ।

Screen Shot 2015-07-13 at 23.53.35

केहि नियममा परिवर्तन

यसपालीको प्रतियोगीतामा केहि नियमहरु परिवर्तन गरिएको छ । महत्वपुर्ण परिवर्तनमा रेड कार्ड पाउने खेलाडी प्रतियोगीताको सम्पूर्ण खेलबाट बाहिरिने हो । खेलकुद संयोजक कृष्ण गिरिले बताए अनुसार ‘ यो खेल भाइचाराको लागि आपसी सम्बन्ध अझै बलियो बनाउने उद्धेश्यको साथमा खेलाइएको हुनाले आवेगमा खेलाडी नआउन भनेर यो नियम बनाउनु परेको बताए । गतवर्षको प्रतियोगीताबाट धेरै कुरा सिकिएको हुनाले केहि नियम परिमार्जन गरिएको जनसम्पर्क समितिका अध्यक्ष नवराज आचार्यले बताए ।

सेभेन ए साइड फुटबल स्थानीय स्तरमा मात्र खेलिने भएकोले यो किसिमको खेलको लागि खास निश्चित नियम भए पनि प्रतियोगीता सुहाउँदो नियम बनाउन आयोजकले सक्छन ।

केहि परिवर्तीत नियम निम्नानुसार रहेका छन् ।

१. रेड कार्ड पाउने खेलाडी प्रतियोगीताको सम्पूर्ण खेलबाट बाहिरिने
२. एक पहेंलो कार्ड पाएको खेलाडी ४ मिनटको लागि बाहिरिनु पर्ने छ र त्यो चार मिनट सम्म बाँकी छ जना खेलाडी मात्र खेल्ने छन् ।
३. दुइ वटा पहेंलो कार्ड पाउने खेलाडी खेलबाट बाहिरिने र अर्को खेल खेल्न पाउने छैन ।
४. खेलाडी परिवर्तन जुनसुकै समयमा र एउटा खेलाडी धेरै समय परिवर्तन हुन सक्ने छ ।
५. लिग चरणका खेल बीस/ बीस मिनटको खेलाइने र दश मिनट ब्रेक हुनेछ ।
६. सेमिफाइनल र त्यो पछाडिका सबै खेल पचिस/ मिनटको खेलाइने छ ।

यस पटकको खेलमा अधिकांस व्यवसायीक अम्पायर रहने आयोजकले बताएका छन् ।

आजको कार्यक्रमको भिडियो हेर्नुहोला ।