एनआरएन स्पेनको अध्यक्षमा २ जनाको उम्मेदवारी दर्ता,आईसीसी सदस्य निर्बिरोध


बसन्त रानाभाट
बार्सिलोना/
गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्को अध्यक्षका लागि मुक्त बहादुर गुरुङ र गोपाल रेग्मीले उम्मेदवारी मनोनयन दर्ता गरेका छन्। गुरुङले प्रबासी नेपाली मंच स्पेनको संरक्षक पदबाट राजिनामा दिदै अध्यक्षमा मनोनयन दर्ता गराएका हुन्। नेपाली जनप्रगतीशिल मंच स्पेनका पुर्ब महासचिब रहेका रेग्मी हाल भने मंचको कार्यसमितिमा सक्रिय छैनन्।

काग्रेस निकट जनसम्पर्क समितिलाई आईसीसी र एमाले निकट प्रबासी मंचलाई अध्यक्ष दिने संघ सँस्थाहरु बीच सहमती भए पनि अन्य पदहरुमा कुरा नमिल्दा दुई जनाको उमेद्वारी परेको छलफलमा सहभागीहरुले बताउँछन्। उमेद्वारी फिर्ताको समय अगाबै पुन: छलफल गरि सहमति गर्ने प्रयास भने जारी रहने प्रतिनिधिहरुले बताएका छन्।

लगातार ३ कार्यकाल संघको नेतृत्व गर्दै आएको नेपाली जनसम्पर्क समितले यसपटक अध्यक्षमा कुनै उमेद्वारी दिएन। समितिले यस अघि बिष्णु रिजाललाई अध्यक्षको उमेद्वारको रुपमा घोषणा गरेको थियो।

तर समितिकै पुर्बअध्यक्ष समेत रहेका एकराज गिरीको आईसीसी सदस्यको लागि एकल मनोनयन दर्ता भएको छ। यो सँगै बर्तमान अध्यक्ष समेत रहेका गिरी आईसीसी सदस्य बन्ने पक्का भएको छ।

यस्तै जनसम्पर्क समितिले नै खडा गरेको कोषाध्यक्षका उमेद्वार पेशल कोईराला र महिला संयोजकका लागि सीता सिंह मर्हजनको मनोनयन पनि एकल परेकाले निर्बिरोध निर्बार्चित हुने पक्का भएको छ।

उपाध्यक्षमा ७ जनाको मनोनयन दर्ता

स्पेनमा संघ संस्थाहरुको संख्या बढ्दै गएपछि पद भागबण्डामा समेत समस्या देखिएको छ। एनआरएन स्पेनको ईतिहासमा नै पहिलो पटक उपाध्यक्षका लागि ७ जनाको मनोनयन दर्ता भएको छ।

हालको बिधान अनुसार २ जना सम्मको लागि उपाध्यक्षको ब्यबस्था भए पनि बिधान नै संशोधन गरेर ३ जना सम्म बनाउने तयारी छलफलमा चलिरहेको बताईएको छ।

उपाध्यक्षमा तिनै राजनीतिक निकट संगठन र जातीय तथा क्षेत्रीय सँस्थाहरुले पनि मनोनयन दर्ता गरेका छन्। निर्बाचन समितिले दिएको जानकारी अनुसार उपाध्यक्षमा पुरुषोत्तम भट्टराई,गौतम गुरुङ,राजु शमशेर थापा,यज्ञ नारायण पौडेल (रमेश आशिकी) सन्दिप मोहोन भट्टराई,बल बहादुर कार्की र शितल भुर्तेल भुसालले मनोनयन दर्ता गराएका हुन्।

महासचिबका २,  सचिबमा ३ जना 

एनआरएनए स्पेनको आगामी कार्यसमितिका लागि महासचिबको लागि उमेश प्रसाद अधिकारी र महेश्वर कडेलले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। अधिकारी जनसम्पर्क समिति निकट र कडेल जनप्रगतिशील निकट मानिन्छन्।

यस्तै सचिबका लागि सुनिल रानाभाट,बिशाल ढुंगाना र रामप्रसाद सापकोटा (बिराज) रहेका छन्। यस्तै युबा संयोजक लागि पत्रकार दीपक क्षेत्री र सुबास रानाभाटको उम्मेदवारी दर्ता भएको छ।

कार्यसमितिका ९ सदस्य, सबै निर्बिरोध

एनआरएन स्पेनको आगामी कार्यसमितिका लागि सबै सदस्यहरु निर्बिरोध निर्बाचित हुने भएका छन्। ९ जनाको मात्र उम्मेदवारी मनोनयन दर्ता भए पछि सबै निर्बिरोध निर्बाचित हुने पक्का भएको हो।

आगामी कार्यसमितिका सदस्यहरु तुलसी प्रसाद शिवाकोटी,चित्त रन्जन वस्ती,दिलनाथ भण्डारी,उमाराज ढकाल,निल बहादुर गुरुङ,अशोक शर्मा नेपाल,कमल बहादुर भण्डारी,सुमित्रा घिमिरे सापकोटा र कालु जिरेल बन्ने भएका छन्।

निर्बाचन समितिका संयोजक अर्जुन आचार्यले कार्यलयबाट नै सबै पदका लागि दर्ता भएका उम्मेदवारहरुको नामावली घोषणा गरेका थिए। जुलाई १५ साँझ ५ बजे भित्र सम्ममा उमेद्वारी फिर्ता लिने सकिने र अन्तिम नामावली साँझ ७ बजे प्रकाशित गरिने निर्बाचन समितिले जनाएको छ।

निर्धारित समय सिमा भित्र उमेद्वार स्वयम् उपस्थीत् भएर उमद्वारी फिर्ताका लागि निबेदन दिई स्वीकृत भएमा अथवा अन्य कुनै कारणले उमेद्वारी अस्वीकृत भएमा उमेद्वारी शुल्क को २५% कटौती गरि बाँकि रकम फिर्ता हुने प्राबधान रहेको छ।

राजनीतिक, जातीय वा धार्मिक संस्थामा आबद्ध ब्यक्तिले एनआरएनको केन्द्रीय वा राष्ट्रिय परिषद्को कार्यकारी पदमा उम्मेदवार बन्न चाहेमा त्यस्ता संस्थासँग आबद्धता तोडेको प्रमाण पेश गर्नुपर्ने नियमावली अनुसार मनोनयन दर्ता भएको समितिले जनाएको छ।

समय घर्कियो मुटु थर्कियो

मनोनयन दर्ता गराउने समय सोमबार राती ९ बजे सम्म भए पनि संघ सँस्थाहरु बीच सहमतिको एकमुष्ट खाका आउने अपेक्षा गरिएको थियो। निर्बाचन समितिले समेत बैठक बसेर नै २ घण्टा समय बढायो। तर अन्तिम समयमा कुरा मिल्न नसक्दा मनोनयन दर्ता गराउँन सबै हतार देखिए।

सहमति नभए कसलाई कहाँ राख्ने भन्ने बारे पुर्ब तयारीको निकै कमी देखिएको थियो। करिब २० बटा नेपाली संघ सस्थाहरु भएको समुदायमा नौ जनाको मात्र सदस्यका उमेद्वारी दर्ता हुनु र सबै निर्बिरोध हुनु यसको प्रष्ट उदाहरण हो।

समय घर्किदै जाँदा प्रतिनिधिहरु काप्दै मनोनयन दर्ता गराएका थिए। निर्बाचन समितिले समय सकिन ५ मिनेट अगाडि बाट नै समयमा नै फारम बुझाउन सजक गराएको थियो। आगमी जुलाई २६ तारिक संघको चौथो अधिबेशन बार्सिलोनामा सम्पन्न हुँदै छ।